Posted by: Nepe July 12, 2005
Amazed by INLS networks
Login in to Rate this Post:     0       ?        
लौ मेरो पनि एउटा सुझाव छ, साझामा चलेका अनेकौं बहस, जुन यद्यपि मुश्किलले पढें हुँला, र कविता प्रतियोगीहरुको न्युनता भए जस्तो कुरा सुनेर निक्ल्या आईडिया । अधिकतम प्रतियोगीहरुलाई आकर्षित गर्ने उपाय सुझाउँदैछु । पुरस्कारको राशि मोटो गराउनु पनि एक उपाय हुन सक्ला, किनभने यसले सर्वत्र काम गर्छ । तर त्यसको विकल्पमा वा त्यसमाथि नै सहभागीहरुको अतिप्रिय र चासोमा सुन्न आएका कुराहरुका थप पुरस्कारहरुको अग्रिम घोषणा र सम्मेलन पूर्वै व्यापक प्रचार गरियो भने कम्तिमा सबै युवाकविहरुको सहभागिताको ग्यारेन्टी छ । श्रेणी हेरी, फ्री अल्कोहलको कुपन, फ्री मोमोको कुपन, शारिरिक क्षतिको ईन्स्योरेन्स आदि ईत्यादि पुरस्कारको व्यवस्था हो मेरो सुझाव । काम नगर्ला त यसले ?
Read Full Discussion Thread for this article