Posted by: Nepe July 11, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
विस्मृतिको गर्भमा नहराओस् भनेर मात्र, यो एउटा क्षुद्र शेर संयोजन गरें अहिलेलाई . . . केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट भुर्र उडेर भाग्नु चराको नियति नै थियो, के भो ? आज चराहरु गुलेली ताकेर झरे रुखबाट वनको बाघले खाएका भने बेपत्ता छन् अद्यापि मनको बाघले खाएका, बाँचेर झरे रुखबाट नेपे
Read Full Discussion Thread for this article