Posted by: Bhaute July 8, 2005
Ghazal time: Shirish
Login in to Rate this Post:     0       ?        
ल, शिरिष जी, दुबसु जी ले तपाईँलाई ताली बजाइदिनुभे'छ यहाँ। -दुबसुक्षेत्री जब पुनमको चुरा खस्यो मेरो मनको चुचुरा खस्यो । फूलको धारले नै रेट्न थालेपछि उनको मनको छुरा खस्यो । पोको पारेर राखेको ठाउँबाट आज अचानक कुरा खस्यो । सपनाको चखेवा खेलाउँदै थिएँ विपनाको झ्वाम्म च्याखुरा खस्यो । फुलाउँदा फुलाउँदै मायाको फूल बसन्तमै मनको आँकुरा खस्यो । भमराहरु झुमुन् भन्थेँ वरिपरि मनको चाकामा माकुरा खस्यो । राधा, रुक्मिणी र मीराहरु नसोच्दै मनमा अचानक मथुरा खस्यो । अग्लिदै थिएँ आकासको हिमाल आफनै मनको टाकुरा खस्यो ।
Read Full Discussion Thread for this article