Posted by: Nepe July 7, 2005
Ghazal time: Shirish
Login in to Rate this Post:     0       ?        
शिरीष, नेपाली भाषामा अनुप्रासयुक्त शब्दहरुको अप्रचुरताले गर्दा गजल विधामा धेरै कविहरु आकर्षित भएका छैनन् र केहीले गजललाई त्यागिदिएको जस्तो पनि देखिन्छ । त्यसैले म सबैको सहमति भएको खण्डमा काफिया-विधानलाई केही खुकुलो वा भनौं नेपालीकरण गर्ने पक्षमा उभिनेछु । तर त्यो सहमति नहुन्जेल वा छलफल नचलुन्जेल नियम-पालना गर्नु राम्रो होला । मैले साझामा पोस्ट गरेका दुई दर्जन जति सबै गजलहरुमा (२ वटा अपवाद बाहेक, अझ १ वटा भन्नु बेस होला किनभने आर्को चाहिं एक नितान्त नौलो किसिमको प्रयोगको प्रस्ताव स्वरुप थियो) काफियाको नियम पुर्ण पालना गरेको छु । शिरिषले मेरो गजलमा काफियाको नियम पालना नभएको देखेको भए, शिरिषलाई काफियाको बारेमा अझै भ्रम रहेछ भन्ने देखिन्छ । हो मैले केहि trick प्रयोग गरेर खुकुलो झै देखिने काफिया प्रयोग गरेको छु, तर नियमको पूर्ण पालना पनि भएको छ । अब लौम्बे-चौंडे कुरा छाडेर सिधै काफियाको नियममा जाऔं, अनि कुरो स्पष्ट होला । (क) काफिया पहिलो शेरले तय गर्छ, अरु शेरले त्यसको पालना गर्छन् । (ख) काफिया भनेको पहिलो शेरको दुई पँक्तिमा भएको pair of rhyming words को ending parts को highest common sound हो । (त्यो highest common sound लाई जति minimum मा राख्न सक्यो त्यत्ति धेरै degree of freedom पाईन्छ आगामि शेरहरुमा काफियाको पालनाको लागि) मेरो गजल हेरौं पहिलो शेर: शायद त्रस्त छु म र त सशस्त्र छु म परन्तु तिम्रो सामु, जे छु, प्रष्ट छु म यहाँ pair of rhyming words सशस्त्र/प्रष्ट को ending parts को highest common sound के हो ? केहि पनि छैन जस्तो पो छ त गाँठे यहाँ त, हगि ? झण्डै झण्डै कुरा त्यसै हो । तर छ । त्यो के हो भने, 'त्र' र 'ट' को common sound 'अ' । अब मलाई यति धेरै स्वतन्त्रता छ कि अन्य शेरहरुमा मैले 'अ' मा टुङ्गिने कुनै पनि शब्द 'काफिया' को रुपमा राख्न पाउँछु । ल माथि हेरौं, अन्य शेरहरुमा 'काफिया' को लागि प्रयोग भएका सबै शब्दहरुको (निर्वस्त्र, छरपष्ट, परस्त, प्रस्थ, भ्रष्ट, अभ्यस्थ . . ) अन्त्य 'अ' मा हुन्छ । see ? नियमको पूर्ण पालना भए कि भएन ? हो, मैले 'त' वर्ग र 'ट' वर्गका अक्षरहरु मात्र छानें, तर त्यसको लागि म वाध्य थिईनँ । हो, मैले penultimate ध्वनि 'स्' राखें, तर त्यसको लागि म वाध्य थिईनँ । त्यो त मैले नियमले मागे भन्दा पनि बढि rhyme सित्तैमा राखिदिएको, पढ्दा थप मजा आओस् भनेर । यदि मैले पहिलो शेरमा 'प्रष्ट/भ्रष्ट' pair of rhyming words छानेको भए, म बर्वाद हुने थिएँ । 'प्रष्ट/भ्रष्ट' को 'काफिया' अर्थात् highest common sound at the end 'अष्ट' हुने थियो, र 'अष्ट' मा टुङ्गिने शब्दहरु खोज्दा हजुरबाउको बिहे देखिन्थ्यो । त्यसैले मैले trick गरेको छु भनेको । मेरो trick हो, use the minimum काफिया in the opening sher, get the highest degree of freedom.
Read Full Discussion Thread for this article