Posted by: newuser July 1, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
लौ हेर नेपेजीको तार्किक शक्तिमा विचलन आएको। खस वाहुनहरुले विरोध गरेको रे , अव भयो ? सिफारिस गर्ने वज्ज्याहरु देख्नुभएन सवै खस वाहुन ? फोक्कटमा राष्ट्रियता र जातीयताको कुरा मिसाइदिने - शुद्ध यथार्थपूर्ण र विवेकशिल विचारहरु माथी। तपाईंले पनि जातपातको कुरा उठाएको चाहिं अलि सुहाएन है नेपेजी। म पनि कस्सिए अव तपाईंसग वहश गर्न यो धागोमा लौ त। नेपाली भाषा शिक्षणको स्तर यतिवेला नराम्ररी खस्केको छ। हुन त कुन विषयको नै उँभो लागेको हो र तर सवभन्दा हेलचेक्र्याइ सम्भवत नेपालीमै भइरहेको छ। नम्बर थोरै आउनेभएकोले पहिलो कुरा विद्यार्थीले पढ्दैन। राम्रो पेशा नवन्ने भएकोले दोश्रो कुरा गतिलो विद्यार्थीले मूल विषय नेपाली लिएर विश्वविद्यालय पढ्दैन। यसले गर्दा न त पढाउने शिक्षक राम्रो पर्छ, न त सिक्ने विद्यार्थीले मन लगाएर पढ्छ। अव त कलेजमा पढाउन पनि नपाएपछि नेपालीमा कसले एमए पढ्न चासो देखाउला झन ? विस्तारै नेपाली भाषामा विशेषज्ञता हुने मान्छेहरु पनि हराउँदै जान्छन। मौलिक नेपाली भाषालाई हिन्दी र अंग्रेजीले निल्दिएपछि अनि धोतिहरुले झन मज्जाले 'अरे नेपाल भि तो इन्डियामे है' भन्छ अनि नेपालीले चैं ' नहिं यार हमारा देश अलग है, Mt. Everest हैं न हमारे नेपालमे' भन्दा उनिहरु भन्नेछन ' वस करो यार तुम् हिन्दि डायलग मारते हो और वोल्ते हो हम इन्डियन नहिं है' भन्छ अनि लाजको मर्नु। हेर्नुस तपाई त्यति राम्रो नेपाली लेख्न जान्ने मान्छे। तर यसो सोंच्नुस त तपाईंले लेखेका झर्रो नेपाली शव्दहरु साझामा कति जनाले वुझे हुनन। कहिले काहिं त म आफैले वृहत नेपाली शव्दकोष पल्टाउनु पर्छ तपाईंका संस्कृत आगन्तुक शव्दका अर्थहरु वुझ्न। अहिलेका विद्यार्थी करले नेपाली पढ्छन। म आफै पनि विज्ञानको विद्यार्थी हुँ। ISc मा तीन रात सररर किताब सिध्याएर र सरले कक्षामा भनेका कुरा सम्झेर धन्न पास भैयो। त्यति हुनाले नेपेजीले लेखेका गजल र कविताको ठाडो अर्थ सम्म वुझ्ने भैयो। त्यै पनि नपढेको भा के हुन्थ्यो होला हालत ? नेपाली भाषा हाम्रो सवभन्दा ठूलो पहिचान हो, यो रसिलो या फलदायी विषय होइन, यसको स्तर निरन्तर ओरालो लागिरहेको छ। र यसलाई जवर्जस्ति नकोचाइकन लोप हुनबाट वँचाउन सकिंदैन। ठिकै छ, अरु विषयमा बढि जोड दिनुपर्छ। अंग्रेजी र विज्ञानमा ध्यान केन्द्रित गर्नुपर्छ तर नेपालीलाई एक विषय एघार कक्षामा अनिवार्य गर्दैमा कसैलाई डाक्टर, इन्जिनियर र वैज्ञानिक हुनबाट रोकावट आउँदैन। पढ्ने जेहेनदार विद्यार्थीले नेपालीमा पनि राम्रै गर्छ, नपढ्ने अल्छि सवै विषयमा गुल्टिन्छ। त्यसकारण एउटा नेपाली विषयलाई दोष दिएर समग्र नेपाली जातिको सवभन्दा ठूलो पहिचान नेपाली भाषालाई मलछाप्रोमा फाल्ने काम हुनु हुँदैन। अव यसलाई तपाईंले राष्ट्रियता र जातीयताको विल्ला लगाए (भुत्रै) सिती।
Read Full Discussion Thread for this article