Posted by: Nepe July 1, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
Newuser and Dada, Your intimidation tactics is not going to work with me on this matter. म त अलि चाम्रै छु है यस मामलामा । प्राज्ञिक हिसाबले हेर्नी हो भनी, द-दश वर्ष पढेसी नि नपुग्ने हुन्छ रातोदिन सुनिने (सबैले) र बोलिने (अधिकांशले) भाषा ? द-दश वर्ष पढेरनि दक्षता हासिल गर्न नसक्या विद्यार्थीको कुरा गर्ने हो भने त्यस्ता विद्यार्थीले एघार किलासमा पढेर त्यस्तो दक्षता हासिल गर्ने होईन, बरु फयल भएर वा कम लम्बर लेरार पैसा, समय र भविष्यको बर्बादी मात्तै हुने हो । बाँकी विद्यार्थीलाई एघारको नेपाली नभएर खास्सै फरक पर्दैन । उदार प्रजातन्त्रिक हिसाबले हेर्नी हो भनी, एघार किलासमा नेपाली विषयलाई अनिवार्य बनाउन नपाएर भुतुक्क हुनी भन्या नेपाली मातृभाषी खस-बाहुन मात्रै हुन् । यही धागोमै हेरुम् न, सबै खस-बाहुन छन् समर्थकमा । गैर-नेपाली मातृभाषीहरुले significant संख्यामा समर्थन नगरेसम्म एघार किलासमा नेपाली विषयलाई अनिवार्यको साटो ईच्छाधिन गर्ने शुद्ध प्राज्ञिक प्रस्तावलाई खस-बाहुनहरुले घोर विरोध गर्ने पाउने नैतिक आधार छैन । लज्जा त । राष्ट्रियताको हिसाबले हेर्नी हो भने, एघार किलासमा नेपाली विषयलाई अनिवार्यको साटो ईच्छाधिन गर्दा विद्यार्थी र मुलुकलाई पेशागत लाभ हुने शुद्ध प्राज्ञिक निर्णयद्वारा क्षती हुने राष्ट्रियता भनेको आत्मविश्वासविहिन, कमजोर र खराब राष्ट्रियता हो । बलियो, आत्मविश्वासी र अस्सल राष्ट्रियताको निर्माण भनेको नेपालको भाषिक बहुलताप्रति खेद हैन गर्व गरेर गर्न सकिन्छ । एघार किलासमा नेपाली विषयलाई अनिवार्यको साटो ईच्छाधिन गर्दा विद्यार्थी र मुलुकलाई पेशागत लाभ हुने जस्तो शुद्ध प्राज्ञिक निर्णयको घोर विरोध राष्ट्रवादको दुहाई दिएर गर्दा नेपालको भाषिक बहुलताप्रति गर्व नगरिएको स्पष्टै हुन्छ । गैर-नेपाली मातृभाषीहरुले द-दश वर्ष अनिवार्य नेपाली पढिदिए पछि पनि नपुग्ने राष्ट्रियता भुत्राको राष्ट्रियता ? अब, एउटा सम्बन्धित तर अलिक फरक सबाल । त्यो हो नेपाली भाषाको विकास गर्ने कुरो, सारमा भन्ने हो भने नेपालीलाई संस्कृतिकरण गर्ने अभियान । यसमा पनि म अति उत्साहित छुईन । यस विषयमा गोडा दुई-तीनेक बाजी Biswo संग विमती राखेर बहस ग-या छु साझामा मैले । उहिलेको धागो खुईले भन्या जस्तो छ साझामा (San is not maintaining Sajha archive anymore. Pretty Sad ). तर ताजा बहसको लागि पनि तयारै छु म । आशुसंगको सिङौरी सकिए यता मेरा सिङहरु त्यत्तिकै जम्जमाएर बस्या छन् । नेपे
Read Full Discussion Thread for this article