Posted by: Futurenepal June 29, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
हो नि दादा गिरी जि, मैले लेखेको तेतिकै हैन नि यार। राजाबादी हुनकि गणगन्त्रबादी, कमसकेकम अर्काको कुरा ता सुन्न सक्नु पर्छ। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न त सक्नु पर्छ त्यस्तो बुद्दिजीबि हुँ भनेर गफ हाँक्नेले। एकोहोरो लागेको छ लागेको छ, एउटै कुरा १०० चोटी दोहो-याएको छ, नयाँ कुरा गर्न केहि जानेको छैन, बुद्दिजिवि हुँ भनेर गफ दिएको छ, हाडबार्डको प्रोफेसरलाई साथि भनेको छ, नेपालका प्रख्यात लेखकहरु उस्का अगाडि केहि हैनन् रे। कुन दिन ज्ञानेन्द्रसँग सँधैँ म डिनर गर्छु भनेर भन्न बेर छैन। अति हुन्छ नि यार। जन्मदै अर्काको खुट्टो तान्न जन्मे जस्तो। हामी राजनितिको संसर्गबाट छुट्टै बस्न खोज्ने मानिसलाई पनि रिस उठ्ने गरी लेख्छ भनेको। उदाहरण यहि साझाबाट सुरु गरौँ। जहिले पनि १ जनाको पछाडि लम्पट कसेर लाग्छ। किन धेरै पछिको कुरा गर्ने, गत चैत्र/बैषाख तिर एउटा धागोमा M..P. जिसँग झगडा गरो। उस्को अंग्रेजी नबुझ्ने जति सबै ३ कक्षाका बच्चा रे। तेहि धागोमा Newuser ले राम्रो सल्लाह दिएको थियो, तेहि निउँ खोजेर झगडा गरो। खगेन्द्र सँग्रौला संबन्धी एउटा धागोमा Ok लाई नाना भाँति भन्यो। एउटा कुन धागोमा हो Ok ले राम्रै सँग ताजन दिएको थियो, तेहि निउँ झिकेर Ok लाई तँ यस्तो ईञ्जिनियर, उस्तो ईञ्जीनियर भनेर २० चोटी दोहो-यायो, जबकि Ok ले म ईञ्जिनियर हुँ भनेर कहिले पनि केहि धाक धक्कु लगाएको मैले कहिले पनि देखिन, यो साझामा। Poonte यानकि Anil दाईले आफ्नो नाम बताउँदा अनिल दाईलाई खुप ब्यांग्य गरेर सांसद हुने रे, के को अध्यक्ष हुने रे भनेर खुप खेदो खनो। अहिले Nepe को पछाडि टुप्पी कसेर लागेको छ। १००० चोटि भो होला "नेपेले आफूलाई बैज्ञानिक भन्छ" भनेर दोहो-याएको, जबकि नेपेले म वैज्ञानिक हुँ भनेर कहिले पनि धक्कु लाको मैले सुनेको छैन। बरु उ आफैँ चाहिँ अर्थतन्त्र र ब्यबस्थापनका खुब हावा गफ छाट्छ। सबै ठीक हैन, उ मात्र ठीक हो भनेर लेख्छ यार। हैन यो संसारमा "आसु" बाहेक कोही ठीक छैनन् त? हामी त अब कम पढेका, थोरै जानेका भयौँ रे, राम्रा मान्छे पनि छन् नि यार यो सन्सारमा। कस्तो देखि नसकेको होला? यस्तै मान्छेले हो देश बिगार्ने। लेख्न त अरुले पनि लेख्छन्, नेपेले पनि लेख्छ, न्युयुजरले पनि लेख्छ तर यो हदैको नराम्रो कुरा मात्र लेख्ने मान्छे त मैले पहिलो पटक देखेँ यार। ल राजाबादी र गणतन्त्रबादीको बिचको कुरा हो भन्दा पनि Isolated freak र DC girl ले कस्तो राम्रो बिश्लेषण सहित कुरा राख्छन् । त्यो पो हो त तरिका सार्बजानीक ठाँउमा कुरा राख्ने। कुनै कुरामा पनि " यो ठीक हो है" कहिले पनि भन्दैन, उस्को आफ्नो बाहेक। दु:खका साथ भन्नु परेको छ साथिहरु "यस्ता बुद्दिजिबिलाई त धिक्कार छ। नेपाल आमा गरीब भकि यस्तै सन्तानहरुले हो" *अस्तु*
Read Full Discussion Thread for this article