Posted by: Futurenepal June 27, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
"आसु" को नाममा: बालुवा बरु तेल खुब बलले पेले कतै आउला, चर्को घाम चुसि-चुसि बरु कतै पियास मेटिएला। मुसाको सिङ मिलला बरु कतै सँसार घुम्ने गरे, सक्ने छैन परन्तु मूर्खमनलाई सम्झाउन कस्तै गरे। (साभार: गुणरत्नमाला) केहि मनन योग्य अर्तिहरु: १. मेरो हजुरआमाले भन्नु हुन्थ्यो कहिले काँहि म सानो हुँदा "कुकुरले धेरै मासु खान पायो भने मानिसलाई नै टोक्न खोज्छ रे!" २. मेरो बुबाले मूर्ख र बिद्बानको बिचमा यसरी फरक छुट्याउनु हुन्थ्यो " १००० जना अशिक्षित मुर्ख भन्दा १ जना शिक्षित मुर्ख समाजको लागि १०० गुणा बढि हानिकारक छ"। ३. मेरो आमाले म सानो हुँदा अर्ति दिनु हुन्थो "बोकाको मुखमा कुभिन्डो अडिन्न छोरा !" यति नै आजलाई, बाँकि पछि ।
Read Full Discussion Thread for this article