Posted by: Nepe June 22, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
म अन्धालाई दुनियाँको अगुवा देख्दछु, गुफा-तपस्वीलाई भगुवा देख्दछु, मिथ्याका मञ्च चढेकालाई काला नटुवा देख्दछु ! विफललाई सफल देख्दछु ! प्रगतिलाई अगति देख्दछु ! या हुँला मै ऐँचाताना ! या हुँला मै दीवाना ! साथी ! मै दीवाना ! निर्लज्ज नेतृत्वको नीरस रसनाको रण्डीको नाच हेर ! जन-अधिकारको डँडाल्नोको भाँच हेर ! जब भँगेर-टाउके छापाको कालो मिथ्याले मेरो विवेक-वीरलाई जाली झुठले ललकार्छ तब हुन्छन् मेरा गाला राता साथी ! सल्केको गोलझैं राता ! जब निमुखा दुनियाँ कालो जहर पिउँदछ, पिउँछ कानले, र अमृत भनिठानेर, र मेरा आँखाअगाडि, साथी ! तब हुन्छन् ठाडा मेरा रौं, रौं गर्गनका र्सपकेश झैं, मेरा जिस्क्याइएका रौं, रौं ! जब बाघले मृग खान आँटेको देख्छु, साथी ! या ठूलो माछाले सानो, तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी ! तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा, दुवै ! जस्तो भीमसेनका दाँत ! अनि, प्रकोपको लाल-लाल आँखाका डल्ला, फनक्क घुमाएर एक डबलले, म यो अमानवको मानवजगत्लाई, एक आगोको लप्काले झैं हेर्दछु, साथी ! अफ्रिन्छन् मेरा कलपुर्जा, खलबल, खलबल ! तूफान हुन्छ मेरो सास ! विकृत हुन्छ मेरो चेहरा ! बन्दछ मेरो दिमाग, साथी ! बडवानलझैं, बडवानलझैं ! म वन खाने आगो झैं बहुला हुन्छु ! बहुला, साथी ! काँचै निलूँ झैं विश्वविशाल ! जरुर साथी ! म सुन्दर-चकोर, असुन्दर-फोर ! कोमल-क्रूर चिडिया, स्वर्गाग्नि-चोर तूफान-पुत्र ! पागल ज्वालमुखीको उदगार भयङ्कर व्यक्तित्वपाल ! जरुर, साथी ! सन्के मगज छु, सन्के ! यस्तै छ मेरो हाल ! ****
Read Full Discussion Thread for this article