Posted by: Nepe June 22, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
To Cryp, पागल -देवकोटा जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बास्नालाई स्वाद लिन्छु ! आकाशभन्दा पातला कुरालाई छुन्छु ! ती कुरा, जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन ! म देख्दछु ढुङ्गालाई फूल ! जब, जल-किनारका जल-चिप्ला ती कोमलाकार पाषाण, चाँदनीमा, स्वर्गको जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर उठ्दछन् मूक पागलझैं, फूल झैं एक किसिमका चकोर-फूल ! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ! जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा साथी ! छालछाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छा बाचाल तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्र्छौ म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु ! तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्दन्छु, तिमी सङ्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैको उल्टो ! तिम्रो संसार ठोस छ ! मेरो बाफ ! तिम्रो बाक्लो, मेरो पातलो ! तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ ! म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको पान्ढिकीको बाटुलो सत्यलाई ! मेरो छ बजे काँढाको साथी ! तिम्रो सुनको र हीराको ! तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल ! जरुर साथी ! मेरो एक नशा ढीलो छ । यस्तै छ मेरो हाल !
Read Full Discussion Thread for this article