Posted by: SaruBhakta-II June 21, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
पण्डित जी, छैँटी नभेटे पनि न्वारन सम्म भेट्न आउनेभे'छ, स्वागत छ यहाँ लाई। हैन साच्चै नबुझ्या हो र भन्या। "पस्नु" कृयापदको स्त्रीलिङ्गी रुपमा "पस्थी" भन्ने शब्द आएको हो। पुरै हरफको अर्थ बुझ्न मेरो गाउँ चापाकोटको भौगोलिक स्थिति थाह पाउनु पर्ने हुन्छ। यो काली गण्डकीको किनारमा लम्पसार परेर सुतेको छ। डाँडा-काँडाले लुसुक्क छोपिएर काली सँग मायाँ-पिरती लाउदै बसेको चापाकोटलाई बाहिरबाट भेट्टाउन जो-कोहीलाई पनि हम्मे हम्मे पर्छ के, त्यसैले त उषालाई पनि भित्रै नपसिकन धरै छैन। अनि फेरि उत्तर-पुर्वमा अन्नपुर्ण हिमसृङखला टल्किदा खेरि सेतो फेता बाँधे जस्तो देखिने क्या। त्यो "सेसि" भुन्या के नि? बीचमा आधा "क" छुटेको त पक्कै होइन होला, त्यस्तो त क्यै थे'न त। :) -भउते
Read Full Discussion Thread for this article