Posted by: dodhare June 21, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
राजको फेब्रुवरी १ को कदमको कारक तत्व माओवादी हुन जसको हृसक गतिविधिले नेपालको राजनैतिक अस्थिरता बढ्यो। त्यसैले, प्रजातन्त्रको हत्या हुनुको पछाडि माओवादी नै पहिलो कारण हुन। दोश्रो कारण राजनैतिक दलहरु हुन जसको असक्षमताले गर्दा जनताले सही प्रजातन्त्रको उपभोग गर्न पाएनन्। अहिलेका घटनाक्रमहरु: १. आफूले गरेका कमजोरीहरु प्रति राजनैतिक पार्टीहरुबाट स्वीकार र आत्माआलोचना। २. माओवादीहरुवाट सर्वसाधारण माथि हमला नगर्ने र राजनैतिक पार्टीहरुसंग मिलेर प्रजातन्त्रको लागि लड्ने। मैले बुझ्न नसकेका कुराहरु: शाही कदम नभएको भए, यी भ्रष्ट नेता र हृसक माओवादीलाई चेतना जाग्न कति समय लाग्थ्यो त? शाही कदमले यिनीहरुको घैटोमा घाम लाग्यो भने शाही कदम जनताको विरुद्धमा छ भनेर कसरी मानौ? के जनताले चाहेको शान्ति र सुब्यवस्था हैन? पार्टीका कार्यकर्ता (दोश्रो पुस्ता) जसले प्रतिगमनका विरुद्ध जसरी ज्यानको माया मारेर आन्दोलन गरेका छन्, तिनीहरुले आफ्नो पार्टीका नेताहरुको कमजोरी देखेर किन विरोधमा उत्रिने साहस गरेनन् र केवल दमन खपिरहे? कि जनआन्दोलन भनेको राजाका विरुद्ध मात्र लडिने आन्दोलन हो? अर्को कुरा आन्दोलित संसदीय पार्टीहरु जसले जनताको ९५% भन्दा बढी मत पाएका थिए र उनीहरुको दाबि अनुसार अहिले जनताले आन्दोलनमा साथ दिएका छन भने माओवादीको साथ किन चाहियो? अर्को तिर माओवादीले देशको ९०% आफ्नो कब्जामा छ भनेर दाबि गर्छन तर आन्दोलनमा ७ पार्टीहरुसंग मिल्नु पर्ने अवस्था आयो। यसबाट दुबै पार्टीहरु तथा माओवादीहरुको अवस्था कमजोर छ भन्ने प्रष्ट देखिन्छ। के हृसक माओवादी र भ्रष्ट नेताहरु कमजोर हुनु शान्ति र सुब्यवस्थाका लागि र जनताका लागि राम्रो हैन? हो भने यसको श्रेय राजालाई दिनु परेन? अन्त्यमा, पार्टीका नेताहरु र माओवादीहरु समेतले केही पर्यो भने भारतमा हार गुहार गर्न किन जाने? के तिनै नेता र पार्टीहरुले चुनावको बेला भारत बिस्तारवादको विरोध गरेर नेपाली जनतासंग भोट लिएका हैनन्? तिनीहरुको असली रुप पर्दाफास गरेको श्रेय पनि राजालाई नै जान्छ, हैन र? कि उनीहरुको त्यो क्रियाकलाप पनि ठीक हो? हुन त सबै कुरा प्रजातन्त्रको नाममा भाको छ!
Read Full Discussion Thread for this article