Posted by: Nepe June 20, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
३) 'विरोध प्रदर्शन' गर्न 'कहीं आफ्नै भुमरीमा आफैं पर्?यौ कि राजै' गीत चयन गर्ने पत्रकारको बौद्धिक दरिद्रता देखेर मलाई दया लागेको छ । राजभक्ति गीतमा बाहेक नेपाली गीतमा प्रयोग हुने राजा, राजै, रानीजस्ता शब्द राजारानीलाई सम्बोधन गरिएका राजकीय मर्यादाका शब्द होइनन् भन्ने तपाईंहरूले बुझ्नुपर्ने हो । गीतमा प्रयुक्त 'राजै' शब्दका आधारमा देशको सर्वोच्च सत्ताप्रति लक्ष्य गरेर 'कहीं आफ्नै हेराइमा अन्धो भयौ कि' वा 'अहंकारको ज्वालाभित्र आफैं जल्यौ कि' जस्ता गाली प्रक्षेपण गर्नु नेपाली संस्कृति सुहाउँदो होइन । गीतमा प्रयुक्त 'राजै' ले नेपाली समाज र संस्कृतिमा राजतन्त्रका जरा कति गहिरो गरी बसेका छन् भन्ने बताउँछ । आफ्ना श्रीमान् वा छोरालाई 'राजा' वा श्रीमती वा छोरीलाई 'रानी' भनी सम्बोधन गर्नु पनि राजतन्त्रको महिमाको परिचायक हो । पत्रकारहरूले आइस्योस्, खाइस्योस् भनेर घर-घरमा दरबारी भाषा बोल्न थालिएको पनि दरबारी संस्कृतिकै सम्मानमा हो भन्ने बुझ्नु आवश्यक छ । ४) यस्ता गतिविधिले समझदारीको वातावरण बनाउन होइन, बन्दै गरेको वातावरण बिगार्नचाहिँ बल पुर्?याउँछन् भन्नेमा दुईमत नहोला । त्यसैले राजालाई व्यङ्गय गरिएका वा त्यस किसिमले दुरुपयोग हुनसक्ने गीतमाथि सञ्चार मन्त्रालयले अस्थायी रूपमा मात्र भए पनि प्रतिबन्ध लगाउन उचित हुन्छ भन्ने मेरो राय छ । एफएमलाई तुरुन्त समाचार फुक्ने छुट नदिइनुको कारण पनि यही हो । पत्रकारहरूले मर्यादाका सीमा नाघ्दै गए प्रतिबन्ध अझ गाढा हुन सक्छ । चेतना भया । - लोहित राणा काठमाडौं
Read Full Discussion Thread for this article