Posted by: Nepe June 20, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
लौ अर्का खास्सा राणाजी निक्ले, भारदार हुन लायकका । पत्रकार र FM Radio stations लाई सत्तोसराप गर्दैछन्- एक, पन्चैती सञ्चार अध्यादेशलाई जन्मनै नपाई तुहाउन खोजे भनेर र, २, श्री ५ महाराजाधिराज सरकारलाई सिधै अहंकारी र अन्धो स्वाँठ भन्ने बोल भएको गीत बजाउने आँट गरे भनेर । ल पढम यिनको चिठी कान्तिपुरबाट: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=43449 राजाविरुद्ध पत्रकार संसारमा कसैले कोही कसैको दमन सहनु हुँदैन । त्यसमाथि पत्रकारजस्तो सचेत वर्गले सरकारी दमनको विरोध गर्नु झनै आवश्यक छ । तर सचेत भनिने यो वर्गलाई मेरा केही सुझाव छन् । आशा छ, अरूलाई सुझाव दिएर नअघाउने वर्गले मेरा सुझाव पनि राम्रै रूपमा लिनेछ । सुझाव यस प्रकार छन्: १) पत्रकारको काम सबैलाई सुसूचित गराउने हो । आकाश झर्?यो भन्नेजस्ता हल्ला सुनेर त्यसको पछि दौडिने र अरूलाई पनि त्यसै गर्न हौसला दिने होइन । अहिले सरकारले 'ल्याउन लागेको' भनिएको सञ्चार अध्यादेशको विरोधमा सडक तताइरहेका पत्रकार बन्धुहरूलाई अस्तित्वमै नभएको कुराको विरोधमा समय र श्रम खर्च नगर्न सुझाव छ । स्वयम् श्री ५ बाट आतङ्कको समर्थनबाहेक सबै लेख्न पाउने हुकुम भएको अवस्थामा राजाज्ञाविपरीत त्यस्तो अध्यादेश अवश्य आउने छैन भन्नेमा विश्वास गर्न आग्रहसमेत गर्छु । २) मलाई के लाग्न थालेको छ भने अस्तित्वमै नभएको कुराको विरोधमा सडक तताइरहेका पत्रकार बन्धुहरूले प्रजातन्त्र र खुलापनका नाममा नेपाली समाजले शदीयौंदेखि कायम मर्यादाका साँध-सिमाना पनि मिच्न थालेका छन् । २ असारको साँझ ८ बजे सबै एफएम (फाल्तु मनोरञ्जन) हरूले 'कहीं आफ्नै भुमरीमा आफैं पर्?यौ कि राजै' गीत बजाएको घटना यसको ज्वलन्त उदाहरण हो । एकजना वरिष्ठ पत्रकारको अगुवाइमा सुरु यो गीत बजाउने कार्यक्रमलाई "विरोध प्रदर्शन" भनिए पनि यथार्थमा यो एउटा व्यङ्गयात्मक अभिव्यक्तिमात्र थियो । र त्यो व्यङ्गय सीधै राष्ट्रिय एकताका प्रतीक श्री ५ प्रति लक्ष्यित थियो भन्ने लाटाले पनि बुझ्छ । बन्धुहरूसँग मेरो प्रश्न छ, के तपाईंहरूले राजालाई जानी-जानी व्यङ्गय गर्नुभएको हो ? हो भने राजालाई व्यङ्गय गर्ने हक कसले दियो ?
Read Full Discussion Thread for this article