Posted by: emodus June 20, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
होइन हो "अगुल्‍टोले हानेको कुकुर जहिले बिजुली चम्‍कदां पनि क्‍वाइ क्‍वाइ गर्छ" भन्‍या जस्‍तो त नगरम्‍न् । न सबै ज्ञानेन्‍द्र विरोधी राजा शब्‍दकै विरोधी हुने हुन. न सबै लोकतन्‍त्रलाइ सर्वोपरी ठान्‍नेहरू राजा विरोधीनै हुन्‍छन, न पार्टीका कार्यकर्त्ताहरूे मात्र हुन्छन । यद्यपी हालको सन्‍दर्भमा भने लोकतन्‍त्रको नामै सुन्‍न नचाहनेहरू भने ज्ञानेन्‍द्र र प्रचण्‍ड अनि तिन्का अन्‍धभक्तहरू मात्रनै हुन । त्‍यसै गरी न ज्ञानेन्‍द्ले हाल चलाएको र प्रचण्‍डवादीले चाहेको एकतन्‍त्रीय कुशासनका विरोधीहरू सबै विदेशमै छन भन्‍ने सोच्‍नु मनोगत कुन्‍ठामा निस्सासिएर जिउनेहरूमा रहने गरेको वैचारीक दरीद्रताका पराकाष्‍टाको नमुना बाहेक केही होइनन् । यस्तो दरीद्र तर्क गर्नु, बालकले बिछौनामा सुसु गरेर छण भरको न्‍यानो महशुस अनुभुती गरेको झै हो । For those who are interested to read where is my stance on the Madi massacre, please kindly go here: http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21954
Read Full Discussion Thread for this article