Posted by: newuser June 20, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
जेभएपनि यसको दोषबाट न त राजा र सेना न त नेताहरु न त अन्तराष्ट्रिय समुदाय नै उम्किन सक्छन। किनकी यस्तो दुष्परिणामको वेलैमा पूर्वानुमान गरि राजनीतिक समाधानको ढोका खोलिनुपर्थ्यो। यो पछिल्लो घटनाका निम्ति चाहिं माओवादी पछि राजाकै बढि जिम्मेवारी छ। किनकी उनले पहिले नै नांगिएकाहरुलाई लुगा फाटो दिएर इज्जत जोगाइदिनु पर्ने ठाउँमा उनिहरुलाई नांगै लखेट्ने हठ गरे। नांगिसकेकाहरुलाई के को लाज ? ज्ञानेन्द्रको यस्तो उपायबाट नांगिएकाहरुलाई झन निर्लज्ज कुकर्महरु गर्न प्रोत्साहन मिलेको छ। अव अन्तिम उपाय एउटै वाँकि छ - नांगाहरुलाई फकाएर लुगा लगाउन अह्राउने ।मतलव सम्विधान सभाको निर्वाचन गर्न इमान्दारी पूर्वक तयार हुने। प्रश्न उठ्छ उनिहरु सम्वधान सभा मानेपनि हतियार त्याग्न मान्ने छैनन। ए बाबा सवै उपाय त गरिसकियो अव नांगाले मलाई इज्जत जोगाउनुप-यो एकसरो लुगा देउ भनेर मागिरहेको छ, एक फेर दिएर त हेर। तै केहि भैहाल्छ की ? खुसुक्क लुकाएर दिनु भन्या हैन। फेरी मैले पाएकै होइन भन्न बेर मान्दैनन। त्यसैले अरुको रोहबरमा देउ, कोफी अन्नान बाजे, कुलचन्द्र गौतम बाजे र एरिक सोल्हेम बाजेलाई साक्षी राखेर सम्विधान सभाको माग पूरा गरिदेउ। राष्ट्रसंघ भनेको जे भएनी अरु भन्दा जाति संस्था हो तिनलाई नै गुहार गरेर झगडा मिलाइदिन भन्ने नी एकपल्टलाई। माओवादीहरु सम्विधान सभाको चुनावको मंजुरी नामामा सहि गरुन राजाले पनि राष्ट्रसंघका निर्वाचन परिवेक्षकले हेर्ने गरि चुनाव गराउन आफू तयार भएको कागतमा हस्ताक्षर गरुन। माओवादीले आफ्ना हतियार राष्ट्रसंघ मार्फत सरकारलाई वुझाउन, राजाले सम्विधान सभा मार्फत आएको सम्विधानलाई सदाका लागि मान्ने गरि अन्तिम पटक लालमोहर लगाउन। राष्ट्रसंघसंग बाचा गरेको सम्झौतामा जसले गद्दारी गर्ला उ सकल नेपाली जनताको शत्रु होला। लौ ज्ञानेन्द्र महाराज यो अन्तिम उपाय चाँडै गर यदि तिमलाई देशको माया छ भने। यति गर्दागर्दै माओवादीले फेरी गद्दारी गरेभने सारा संसार उनिहरु माथी खनिनेछ। क्यै लागेन भने त्यै सगरमाथा, कालापानी; गण्डकी, कोशी र कर्णालीको पानी सबै तिम्रै भयो, यि माओवादीलाई Afganistan बाट तालेवानलाई खेदेझैं खेदिदेउ भनेर अमेरिका, चीन र भारतलाई गुहार्ने एउटा अर्को उपाय पनि रहन्छ नै। ज्ञानेन्द्र महाराज मुढो नबन, जनताले आजको वर्वर आतंकका निम्ति तिमलाई जिम्मेवार ठह-याउँदै नारायणहिटीमा मट्टीतेल खन्याएर आगो बाल्नुपर्ने दिन नआओस।
Read Full Discussion Thread for this article