Posted by: newuser June 20, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
Piscesji, Please read the following on what I have written about the maoists on the same day the Madi massacre happened. If you don't close your eyes and focus on my pro-democratic stance only, you can find plenty of my comments against maoists' atrocities and politician's corruption. The problem is some of you have animosity against us because we have found Monarchy as the centrepiece of all problems in Nepal. As for discussions with Ashu and IF, it was merely a debate between 2 people and we have done it without using filthy words. Ashu and IF themselves have exchanged opinions with me and there is no reason for you and sundries to spill your frustrations against us. If they have their resentment, let them discuss . They are strong enough to defend themselves as we are. On Madi massacre, have a read again: - http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=21887&show=all#141378 06-06-05 विषयमा प्रवेश गर्नुअघि माओवादी अतिवादीहरुले चितवनमा गराएको विभत्स नरसंहारको घोर निन्दा गर्छु। जसजसले त्यो नृशंस कूकृत्य गर्न लगाए र गराए तिनको आत्माले यो जीवनमा र पुनर्जन्म हुने भए जुनी जुनी सम्म शान्ति नपाओस। त्यस्ता पाषाण मुटु भएकाहरुलाई जीवनको के मूल्य ? नरभक्षी रक्तपिपाशुहरुको यो नीचता मानव जातिका निम्ति कलंक हो। वावुराम र प्रचण्डहरु तिमीहरुलाई धिक्कार छ। हुनत यो घटनाका आयोजक, प्रायोजकहरुका बारेमा विभिन्न शंकाहरु उठिरहेका छन् तर मेरो मनोज्ञानले भन्छ यो माओवादीकै काम हो। बसमा सवार दुई जना सुरक्षाकर्मीलाई देखेर नै उनिहरुले धराप विष्फोटन गराए जसका कारण अरु ३६ जना निहत्था जनताले अनाहकमा, अकालमा मृत्युवरण गर्नुप-यो। अपराधी माओवादी नेतृत्वले जतिसुकै ढाकछोप गर्न खोजोस, यो काम तिनकै वेवकुफ कार्यकर्ताले गराएका हुन्। तिनलाई मार्ने र मर्ने उन्माद चढेको छ त्यसैले दुई जना शत्रुको ज्यान लिन ३६ जना निर्दोषहरुको जीवन चुँडाउने दुस्साहस गरे कायरहरुले। कदाचित राजाकै सेनाबाट, भारतबाट या वहुदलवादी नेताबाटै यो काम हुन गएको भए त झन् यसभन्दा ठूलो भूल के नै हुन सक्छ र ? यो घटना एउटा डरलाग्दो संकेत हो भविष्यको। जोसुकैले गराएका किन नहुन यो घटनाले भोलीका दिनमा माओवादीलाई यस्ता मानवता विरोधी अपराधहरु दोहो-याउन बाटो खुलाएको छ। मेरो अनुमान जस्तै यो घटना उनिहरुबाट भएको हो भने यो शासक र जनता तर्साउने उनिहरुको सवभन्दा ठूलो हतियार हो। होइन, यो त शाही सेनाले गराएको रहेछ भने त झन माओवादीले खुलेआम यस्ता घटनाहरु दोहो-याइनै रहनेछन्। यसै आरोप, उसै आरोप। यस्तो गम्भीर गल्ति न त सेनाले न त भारतले नै गर्नसक्छ।
Read Full Discussion Thread for this article