Posted by: SaruBhakta-II June 19, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
नयाँ लाहुरे जी, नाम नक्कली भे' पनि काम चै सक्कली नै हो है....हे हे हे, अनि तपाईको लाहुरका पनि केहि कोसेली पाउन पाए हुन्थ्यो, जीरा-मसला ल्याउनु भा' छैन ? :p पातलु, सबैले लेख्न थाल्यो भने त कसले सुन्ने नि फेरि :) उसै त कविता सुन्ने मान्छे पाउन कति गाह्रो छ। अनि क्याक्टस ले'र आउछु भनेको होइन? म त पर्खिरा'छु है (देब्रे आँखा झिमिक्क)। ओके दाइ, २ बर्ष जुनियर मलाई के का दाइ नाता लगाईरा' भन्या, भर्याङका कुरा गर्दा चुप लाग भन्नु भो। अँ साच्चि, यी कविता लेखेका होईनन्, टाईप गरेका हुन् ........रे क्या (थोत्रो जोक) दादा, सबै सञ्जुकै देन त हो नि, हे हे हे, क्यार्नी बिचरीलाई तपाईले गर्नु नगर्नु गरेर :) आजकाल पुन्तुरे भाइले "एस एल सि काँ बाट?" भनेर सोध्छ कि सोध्दैन ? :p शिरिस जी, मेरो पनि सलाम है, जल्दो बल्दो गजलकारलाई। तपाईँका गजल हरु पनि मेरा प्रेरणाका स्रोत हुन्। भर्खर सिक्दै छु, तपाईहरुको सुझाव र प्रतिकृया मेरा लागि अमुल्य छन्। एक पल्ट फेरि सबैलाई धन्यवाद (मौन पाठकलाई पनि) फेरि मेरै मुखारवृन्द बाट श्रवण गर्ने हो भने यहा जाम्। -भउते
Read Full Discussion Thread for this article