Posted by: Ok June 18, 2005
Why Should I resign ? Says Dr. Giri
Login in to Rate this Post:     0       ?        

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=43358 डा. गिरीको सौखिन शैली हरिबहादुर थापा - गिरीका वा उहाँका आफन्तले कान्तिपुर पढ्छन् होला, पढ्छन् भने यस्ता समाचारले उनीहरूको मनोदशा कस्तो हुन्छ होला ? बडो कौतूहल लागिरहेछ ? गिरीका छोरा वा छोरीका साथी वा आफन्तले तिम्रो बाबाको बारेमा त पत्रिकामा यस्तो लखेको छ भनी सुनाउँछन् होला । बा ! म त खप्न सक्थिनँ, आत्महत्या गर्थेँ होला ।' केही दिनअघि कान्तिपुरमा प्रकाशित एक पाठकको पत्रबाट उद्धृत अंश हो- यो । डा. तुलसी गिरीको कालोसूचीले उचाइ लिएपछि बाग्लुङका के. पौडेलले यसरी अनुभूति पोखेका थिए । पौडेललाई हाम्रा शासकसँग बलियो मुटु छ भन्नेचाहिँ थाहा रहेनछ । उनीहरू यस्ता हरेक प्रकरण हाँसेरै पचाइदिन्छन्, डा. गिरीले पनि त्यही गरिरहेका छन् । डा. गिरीले ऋण लिएर कालोसूचीमा परेको तथ्य अर्थमन्त्री डा. मधुकरशमशेर राणालाई समेत थाहा रहेनछ । तर झन्डै एक वर्षदेखि 'कालोसूची' अर्थमन्त्रीको टेबलमा चाङ लागेर बसेका छन् । उनलाई पनि थाहा नहुनु आश्चर्यको कुरा हो । त्यसमाथि राणा डेढ वर्षअघि त्यही अर्थ मन्त्रालयमै वरिष्ठ आर्थिक सल्लाहकार थिए । कालोसूचीमा पर्नेहरू सबैको नाम जानकारीमा राख्ने, तर आफ्नै मन्त्रिपरिषद्का उपाध्यक्षको नाम सूचीमा देख्नुभएन । र, डा. गिरीकै शब्द सापटी लिएर भने- 'बैंकले स्पष्ट नपारी केही भन्न सक्दिनँ ।' एकातिर सूचना बाहिर ल्याउने कर्मचारीलाई कारबाहीको धम्की दिने र अर्कातिर थाहा छैन भनेर टार्ने नीति सरकारको छ । नत्र, गत आइतबारदेखि नै ती कालोसूचीवालाहरू सामाजिक बहिष्कारमा परिसक्थे । डा. गिरीकै कारण कार्यान्वयन अवरुद्ध छ । 'नैतिकताको आधारमा राजीनामा दिने होइन ?' प्रकरण सार्वजनिक भएपछि पत्रकारले डा. गिरीलाई सोधे । तर डा. गिरीले हत्तपत्त जवाफ दिइहाले- 'बैंकले जानकारी नै नदिई किन राजीनामा दिने ?' उनले ठीकै जवाफ दिएका हुन् । बीस वर्षअघि लिएको ऋण सम्झने कुरै भएन । त्यसमाथि त्यो तिर्ने सर्तमा लिएको भए पो सम्झने । दक्षिण एसियाका प्रखर राजनीतिज्ञका रूपमा प्रचारित डा. गिरी साहाराको मोहपासमा यसरी बाँधिए कि उनले राजनीतिमात्र होइन धर्म र देशै त्यागे । विदेशमा रहँदा नेपाली बैंंकबाट लिएको ऋण सम्भिmइरहे होलान् भन्ठान्नु हाम्रै मुख्र्याइँ हो । त्यसमाथि उनी मोज-मस्ती र रंगीन दुनियाँमा विश्वास गर्छन्, कालोसूचीहरूमा होइन । उनले कम्पनीका नाममा ऋण लिए पनि अन्यत्र खर्च गरेका हुन सक्छन् । अनि आफू सञ्चालक रहेको प्लास्टिक कम्पनीको नाम सम्झने कुरै भएन । त्यसका लागि बैंकले नै जानकारी गराउनुपर्छ भनी अडान राख्नु अस्वाभाविक होइन । उनी रंगीन र विलासी जीवनशैलीका धनी मानिन्छन् । चार श्रीमतीका धनी बन्न पुग्नुले त्यसलाई पुष्टि गर्छ । उनले वसन्तशमशेर राणाकी छोरी किशोरीसँग सम्बन्ध गाँसेनन् कि फिल्मकी हिरोइनसँग । नेपालमा पनि सुटिङ भएको 'हरे राम, हरेकृष्ण' हिन्दी फिल्ममा एक नेपाली चेलीले सहनायिकाको भूमिकामा देखिने मौका पाएकी थिइन् । ती नायिका डा. गिरीको आँखाबाट छिप्ने कुरै भएन । तिनलाई डा. गिरीले तेस्री जीवन संगिनी बनाए । 'चौथो त उनले बाजी नै मारेको हो'- त्यतिबेला सिंहदरबारभित्र कार्यरत प्रशासक त्यसै भन्थे । धेरैले आँखा लगाएका थिएँ- साहारामाथि । उनी रेडियो नेपालमा अंग्रेजीमा समाचार भन्थिन् । पञ्चायतका प्रभावशाली प्रधानमन्त्री डा. गिरीले आँखा लगाएपछि धेरैको आशा मर्नु आश्चर्य होइन ।
Read Full Discussion Thread for this article