Posted by: Ok June 15, 2005
Why Should I resign ? Says Dr. Giri
Login in to Rate this Post:     0       ?        
अध्यक्षज्यू ! मेडिकल डाक्टर भए पनि गिरीले हत्याहिंसाबाट आहत मुलुकको राजनीतिक उपचार गरिरहनुभएको छ । ०१७ सालदेखि ०४२ सालसम्म उहाँले मुलुकमा निर्दललाई बलियो बनाउन जस्तो योगदान पुर्?याउनुभएको थियो, अहिले पनि राजालाई उहाँको त्यस्तै भूमिकाको आवश्यकता छ । उहाँ २०३२ सालमा गलैंचाकाण्डमा मुछिनुभयो । शान्तिकै पक्षमा भएकाले उहाँले २०३३ सालमा आरोपबाट सफाइ पाउनुभयो । शान्तिका प्रति उहाँ अविचलित हुनुहुन्छ । उहाँले मानसिक शान्तिका लागि चार/चारपटक बिहे गर्नुभयो । पारिवारिक शान्तिका लागि आफ्नो नाममा मात्र नपुगेर पत्नीको नाममा समेत ऋण लिनुभयो । पिटर गिरी हुँदा पनि उहाँ शान्तिकै पक्षमा हुनुहुन्थ्यो, वीरेन्द्र सिंहका नाममा होटलमा बस्दामात्र होइन होटल बिल नतिरीकन बाहिरिंदा पनि उहाँ शान्तिकै पक्षमा हुनुहुन्छ । सिंगो देश शान्ति चाहन्छ, २० वर्ष विदेश बसेर स्वदेश फर्केपछि शान्तिको पोको फुकाइरहेका बेला उहाँले नतिरेको ११ लाख रुपैयाँ केही पनि होइन । होटलले पनि आफूले शान्तिका लागि गिरीलाई खुवाएको र पियाएको ठानेर गर्व गर्नुपर्छ । गिरी आफूले चाहेर होइन राजाले चाहेर उपाध्यक्ष हुनुभएको हो । उहाँलाई जोगाउनु महाराजको शान्तिप्रतिको असिम चाहनालाई बल पुर्?याउनु हो । अध्यक्षज्यू तपाईं महाराजको एजेन्डालाई सफल बनाउन नियुक्त हुनुभएको हो । गिरीको विरोध गर्नु शान्ति र सुशासनको विपक्षमा लाग्नु हो, महाराजलाई असफल बनाउन खोज्नु हो । गिरीलाई राजनीतिक परिदृश्यबाट हटाउन खोज्नेलाई तह लगाउनु आयोगको न्यूनतम दायित्व हो । त्यो दायित्व पूरा गर्न डटेर लाग्नुहोला, मेरो यही एकमात्र विन्ती छ । तपाईंको शुभचिन्तक बलराम
Read Full Discussion Thread for this article