Posted by: Ok June 15, 2005
Why Should I resign ? Says Dr. Giri
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=43012 बलराम बानियाँ - श्री भक्तबहादुर कोइराला अध्यक्ष भ्रष्टाचार नियन्त्रण शाही आयोग हरिहर भवन, पुल्चोक अध्यक्षज्यू, सञ्चारमाध्यमले मन्त्रिपरिषद्का वरिष्ठ उपाध्यक्ष तुलसी गिरीलाई कर्जा सूचना केन्द्रले चार वर्षदेखि ऋण नतिर्नेहरूको कालोसूचीमा राखेको सार्वजनिकमात्र गरिरहेका छैनन्, उहाँले राजीनामा नै दिनुपर्छर् भनेर बबन्डर मच्चाइरहेका छन् । अर्थमन्त्रालयले कालोसूचीमा रहेका ऋणीलाई सार्वजनिक बहिष्कार गर्ने मापदण्ड बनाएको छ । त्यसैलाई आधार बनाएर प्रेसले गिरीमाथि नैतिकताको प्रश्न उठाइरहेको छ । महाराजको शान्ति स्थापनाको महान् उद्देश्य पूरा गर्न दिलोज्यानले लागिरहेको जिम्मेवार व्यक्तिलाई नैतिकताको कसीमा तौलन मिल्छ कि मिल्दैन ? आयोगले यस्ता धेरै प्रश्नको निरुपण गर्नुपर्ने भएको छ । नेपालीहरू यमराजको न्यायमाथि पूर्णरूपमा विश्वास गर्छन् । तपाईं त अझ यमराजन्दा पनि शक्तिशाली हुनुहुन्छ । यमराजलाई त मरेको मान्छेलाई स्वर्ग पठाउने कि नरक भनेर फैसला सुनाउन चित्रगुप्तको सिफारिस चाहिन्छ, तपाईंलाई त त्यो पनि चाहिन्न । तपाईं त दूधको दूध, पानीको पानीको छ्यान-ब्यान गरेर नरक (भ्रष्टलोक) मा पठाउने कि स्वर्ग (स्वच्छलोक) मा पठाउने निर्णय गर्न पूणर्ाधिकार प्राप्त हुनुहुन्छ । आयु पुगेका अर्थात् भ्रष्टाचारको डण्डा लगाउनुपर्नेलाई समातेर ल्याउने यमदूत पनि तपाईं, सबैको फेहरिस्त राख्ने चित्रगुप्त पनि तपाईं, फैसला सुनाउने यमराज पनि तपाईं नै हुनुहुन्छ । त्यसैले तपाईंमाथिको अपेक्षा झन् बढी छ । अध्यक्षज्यू ! शान्ति ठूलो कि भ्रष्टाचार ? मलाई लाग्छ- शान्ति । मलाई त्यसो भन्ने अधिकार छ कि छैन, त्यो पनि यहाँले खुलाइदिनुहोला । अहोरात्र शान्तिको मन्त्र जपिरहेका गिरीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्नु शाही घोषणाको मर्म र भावनाविपरीत हुन्छ कि हुन्न ? शाही घोषणाकै दिन गिरीको कालोसूची नं. १६८० डिलिट गर्नुपर्ने दायित्व पूरा नगर्ने केन्द्र कारबाहीको भागिदार हुनुपर्ने कि नपर्ने ? शान्ति बहालीलाई नै ओझेलमा पार्ने गरी गिरीलाई विवादमा पारेर प्रेसले उछाल्नु शाही घोषणाको विपरीत हो कि होइन ? आयोगले मुख खोल्नै पर्छ । डा. गिरीले २०४२ सालमा जम्मा २० लाख रुपैयाँ ऋण लिनुभएको हो, अहिले त्यसको ब्याज बढेर न हो, १ करोड ७४ लाख रुपैयाँ पुगेको । पञ्चायतका जननी गिरीले चाहँदा करोडौं लिन सक्नुहुन्थ्यो, थोरै ऋण लिएर उहाँले देश छाड्ने बेलामा समेत देशलाई नै गुन लगाउनुभएको थियो, त्यो संवेदनशील पक्ष प्रेसले बुझ्नुपर्ने कि नपर्ने ? उहाँले छाड्दा मुलुक शान्त थियो, हामीले अशान्त बनायौं, उहाँ पुनः मुलुकलाई शान्त बनाउन र्फकनुभएको छ । शान्तिको अगाडि नैतिकता गौण कुरा हो । यो कटु यथार्थलाई नबुझी स्वतन्त्र प्रेस भन्दैमा बखेडा गरिरहन मिल्छ कि मिल्दैन, अध्यक्षज्यूले बोल्नुपर्?यो । डा. गिरीले कृपा गर्नुभएको छ र त सरकारी रेडियो र टेलिभिजन हेरेर र सुनेर प्रजाले शान्ति र सुशासनको अनुभव गर्न पाएका छन् । हे न्यायदाता ! शान्तिका बाहकमाथि त्यत्रो अन्याय भइरहँदा पनि कसरी मौन बस्न सकिरहनुभएको छ, प्रजा तीनछक छन् । क्रमश:
Read Full Discussion Thread for this article