Posted by: Ok June 14, 2005
Why Should I resign ? Says Dr. Giri
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42944 वीरेन्द्र सिंह उर्फ तुलसी गिरी कान्तिपुर संवाददाता काठमाडौं, जेठ ३१ - शाही घोषणाको ठिक्क एक दिनअघि गत माघ १८ गते डा. तुुलसी गिरी दरबारमार्गस्थित होटल याक एन्ड यतीमा बस्न थाल्नुुभयो । त्यसको २५ औं दिनमा मात्र उहाँ उक्त पाँच तारे होटलबाट निस्किनुुभयो । सबैलाई लाग्ला, पञ्चायतकालमा पटक-पटक प्रधानमन्त्री भइसकेका वयोवृद्ध राजनीतिज्ञको सानदार जीवनशैली छ । पत्याउनै गाह्रो छ, उहाँ आफ्नो नामले न होटलमा 'चेक इन' गनर्ुभयो न 'चेक आउट' नै । उहाँको नाम थियो वीरेन्द्र सिंह । वीरेन्द्र सिंहका नामले बुक गरिएको ५३० नम्बरको महँगोमध्ये पर्ने 'सुुइट' मा बसेका गिरी फागुन ३ गते मन्त्रिपरिषद् उपाध्यक्ष बनेपछि पनि उहाँ थप १० दिन त्यहीं बस्नुभयो । होटल स्रोतका अनुसार उहाँले अहिलेसम्म त्यसको बिल भुक्तानी गनर्भएको छैन । साधारणतया चार सय अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने उक्त सुुइट होटल व्यवस्थापनले उहाँलाई निःशुुल्क उपहार दियो, 'कम्प्िलमेन्टरी सुुइट' भनेर । त्यतिमात्र होइन, उहाँको सुुरक्षाकर्मीका लागि छेउकै ५३१ कोठा 'बुुक' गरिएको थियो जुुन पनि कम्प्िलमेन्टरी बिलमा परिणत भयो । त्यतिमात्र होइन, उहाँ उपाध्यक्ष नियुुक्त भएको दिन उहाँकी श्रीमतीका लागि ५०१ नम्बरको सुुइट पनि बुुक गरियो वीरेन्द्र सिंहकै नाममा । त्यो पनि कम्प्िलमेन्टरी थियो । तर खानपिन र टेलिफोनको भने बिल बनाइयो । स्रोतका अनुुसार डा. गिरी बस्ने गरेको सुुइटको मात्रै खानपिन र टेलिफोन बिल ११ लाख रुपैयाँभन्दा बढी उठेको छ जसको हालसम्म भुुक्तानी गरिएको छैन । उक्त होटलमा लोकल टेलिफोन कल प्रतिमिनेट ९ रुपैयाँका साथै २० प्रतिशत सेवा शुुल्क लाग्छ । को हुुन् वीरेन्द्र सिंह, किन डा. गिरी आफ्नो नाम लुुकाएर बस्नुुपर्?यो र उहाँको बिल भुुक्तानी भयो/भएन भन्नेबारे होटल व्यवस्थापनले केही प्रतिक्रिया दिन मानेन । होटलका महाप्रबन्धक विश्वजीत चक्रवर्तीले यसबारे कुुनै टिप्पणी नगर्ने बताउनुुभयो । 'यसलाई स्वीकार गर्दिनँ भनेर मैले भनेको छैन,' डा. गिरी होटलमा बसेको पनि इन्कार गनर्ुुहुुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुुभयो- 'मैले भनेको के भने म यससम्बन्धी केही पनि प्रतिक्रिया दिन चाहन्नँ ।' यसबारे प्रतिक्रिया लिन गिरी निवासमा सम्पर्क गर्दा उहाँकी श्रीमती सहारा गिरीले डा. गिरीका तर्फबाट जवाफ दिने बताउनुुभयो । तर होटल बिलको प्रसंग 'पूर्णतः झूटो' भएको दाबी गर्दै उहाँले अन्य जवाफ दिन भने अस्वीकार गनर्ुुभयो । होटलका ग्राहकले आफ्नो परिचय खुुलाएर बस्नुुपर्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रचलन छ । यसबारे जानकारी माग्दा होटल संघ, नेपालका अध्यक्ष नरेन्द्र बज्राचार्यले 'अर्काको नाममा कोही कुुनै होटलमा बस्नुु 'इथिकल' होइन' भन्नुुभयो । 'तर सुुरक्षालगायतका कारणले कतिपय बेला यसरी राख्ने चलन पनि छ,' उहाँले भन्नुुभयो । अर्काको नाममा होटलमा बस्नेप्रति कारबाहीको कुुनै कानुुनी आधार भने छैन । यसबारे राजधानीका एक उच्च प्रहरी अधिकृतले 'कसैले त्यसरी राखेको छ भने अनुुसन्धान गर्दा नियतमा प्रश्न' गरिने टिप्पणी गरे । यसैबीच 'कालोसूची' मा परेका डा. गिरीलाई कारबाही गर्न माग बढेको छ । अन्तर्राष्ट्रिय मुुद्रा कोषका राष्ट्रिय प्रतिनिधि सुुखविन्दर सिंहले कालोसूचीमा परेका ऋणीहरूलाई कारबाही गर्नेबारे सरकारी सुुझाव कार्यान्वयन गर्न आग्रह गनर्ुुभएको छ । 'प्रतिवेदन दृढतापूर्वक कार्यान्वयन गरिएको हामी हेर्न चाहन्छौं,' उहाँले नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा मंगलबार भन्नुभयो ।
Read Full Discussion Thread for this article