Posted by: Nepe June 14, 2005
SHIKHA-- Sitara
Login in to Rate this Post:     0       ?        
सिताराको आख्यान-काव्यादिको पाठन पछि प्रतिक्रिया लेख्नु भन्दा पनि अक्सर त्यसै टोल्हाएर बसिरहने पाठकहरुको वर्गमा पर्छु म । यहाँ पनि त्यस्तै त्यस्तै अवस्था हो मेरो । तथापि यी दुई शब्दहरु राखें । स्निग्ध (smooth) आख्यान, मादक शैली, पात्रहरुसंगको दार्शनिक घनिष्टता र जीवनका शास्वत (eternal) प्रश्नहरुमाथिको कटिवद्ध खोज-भाव सिताराका विशेषता हुन् । वास्तवमा सिताराको श्रेष्ठता कथाको विहङ्गम चित्र (bird's eye view) वा संगठनमा भन्दा तिनको सुक्ष्म परिपाठ (fine detail) मा बेसी झल्किन्छ । काव्यात्मक बहाव, यथास्थान दार्शनिक टिप्पणी र बेजोड प्रत्युत्पन्नमति (wit) ले सितारा आफ्ना पाठकहरुलाई भुतुक्कै पार्छिन् । मेरो त के कुरा, म त सधैं मुर्छा प-या छु, सिताराको तस्वीर होस् या तसव्वुर (thoughts) !
Read Full Discussion Thread for this article