Posted by: newuser June 12, 2005
Login in to Rate this Post:
0
?
प्रेमदाई, भ्रष्टाचार गर्ने/नगर्ने भएभरका नेतालाई तथानाम गाली गर्दै हिंड्ने तपाईं जस्तो शाहसिक मान्छेले तुलसी गिरीको भ्रष्टाचारलाई ढाकछोप गर्न खोज्नु लाजमर्दो भएन र भन्या ? कि मण्डलेहरुले जेगरे पनि हुन्छ भन्न खोज्नुभाहो ?
तुलसी गिरी उतरका मण्डलेहरुले आफूहरु जतिसुकै चोखो र नेताहरु बिटुली भएको स्वाङ गरेपनि ति कति महा भ्रष्टाचारी हुन भन्ने नेपाली जनतालाई थाह नभा हो र ? सूर्य बहादुर थापा देखी दीपक बोहरासम्म रामकृष्ण आचार्य देखि पद्मसुन्दर लावती सम्म पंचायतकालमा मन्त्री माननीय नपंस र गापंस पड्काएकाहरुले अहिलेका खुम बहादुर र गोविन्दे राज जोशीले भन्दा कम होइन बढिनै भ्रष्टाचार गरेका छन। तिनको सम्पत्तिको खाजी गर्ने हो भने गिरिजे माकुनेको भन्दा कैयौं गुणा बढि हुँदो हो। नेपालको जंगल देखि मठ मन्दिरका मूर्ति सोत्तर पार्ने तिनै हैनन र भन्या ?
मण्डलेहरुसंग लेनदेन नभा मान्छेलाई जुन कोटीको भ्रष्टाचारी भएपनि विरोध गर्न केको डर नी। सुनौ न त प्रेम दाईले भ्रष्टाचारी मण्डलेलाई गाली गरेको पनि । :)