Posted by: salokya June 12, 2005
Why Should I resign ? Says Dr. Giri
Login in to Rate this Post:     0       ?        
बैंकको ऋण नतिरेर कालोसूचिमा पर्नुभएका मन्त्रीपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीले उपाध्यक्ष पदबाट राजिनामा दिने कुनै सोच नभएको बताउनुभएको छ। नैतिकताको आधारमा राजिनामा दिने कि भन्ने पत्रकारहरुको जिज्ञासामा गिरीले,'बैंकले जानकारी नै नदिई किन राजिनामा दिने' भन्ने प्रतिपश्न गर्नुभयो। गिरीले थप्नुभयो, 'राजिनामा त पहिले देखि नै माग्दै आएका हुन्, उनीहरुलाई राजिनामा माग्ने छुट सधै छ, तर अहिले राजिनामा दिने त प्रश्नै उठ्दैन।' हिजो प्रकाशित कान्तिपुर दैनिकका अनुसार, मन्त्रीपरिषदका उपाध्यक्ष डा. गिरीले नेपाल बैंक लिमिटेडबाट २०४२ सालमा हिमालया प्लास्टिक उद्योग संचालनका लागि लिनुभएको ऋण अहिलेसम्म नतिरकाले बैंकले उहाँलाई कालो सूचिमा राखेको छ। कालो सूचिमा राखेका ऋणीहरुलाई सरकारी निकायमा नराख्ने तथा र्सार्वजनिक वहिष्कार गर्ने नीति सरकारले बनाएका कारण डा. तलसी गिरीले नैतिकको आधारमा राजिनामा दिनु पर्ने माग विभिन्न राजनीतिक दलका नेता तथा वुद्धिजिविहरुले गरेका छन्।
Read Full Discussion Thread for this article