Posted by: Ok June 10, 2005
Hamro Rastriya gaan
Login in to Rate this Post:     0       ?        
मान्छेमा जबसम्म सामन्ती संस्कार र दासताको प्रवृत्ति बाँकी रहन्छ, दुनियाँमा लोकतन्त्र र समाजवाद युग आए पनि र एक्काइसौं शताब्दीले विगुल फुके पनि चाकरी र स्तुतिगानमा रमाउनेको कमी हुँदैन । ०७ सालको आन्दोलनको परिणाम ०१७ मा पुगेर फुस्स भएपछि फेरि तीस वर्ष हण्डर खाएर संघर्ष गर्नेले पनि आफूलाई स्तुतिगानको संस्कारबाट मुक्त गर्न सकेनन् । उनीहरूले ०४७ को संविधानको टाउकोमा 'स्वस्तिश्री गिरीराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान...परम नेपाल प्रताप भास्कर ओजस्वि राजन्य परम गौरवमय...परमाधिपति अतिरथि परमसेनाधिपति...विक्रम शाह देवानाम् सदा समर विजयिनाम्' जस्तो मध्ययुगीन प्रशस्ति कायम राखे । राजालाई 'परमसेनाधिपति' र 'सदा समर विजयी' दर्जा दिएर स्तुतिगान गर्ने/गराउने संस्कार अहिले पुनः जुर्मुराएको छ । 'श्रीमान् गम्मीर नेपाली प्रचण्ड प्रतापी भूपति' यो आधुनिक राष्ट्रको गान हो कि मध्ययुगीन राजाको प्रशस्ति ? संवैधानिक राजतन्त्रमा 'प्रचण्ड प्रतापी भूपति' हुँदैन । यो मध्ययुगीन राजाको विशेषण हो । त्यसैको उन्नति र जयगानलाई राष्ट्रगानको रूपमा लैजाने भरमग्दुर प्रयास अहिले भइरहेको छ । स्तुतिगान र गुणगान चलाउने यो मोह राजधानीका राजामा मात्र होइन, जंगलका 'प्रचण्ड प्रतापी भूपति' मा पनि त्यतिकै उर्लेको छ । त्यहाँ पनि एकछत्र प्रशस्तिको संस्कार चलाउन थालिएकाले बाबुरामको आक्रोश देखापरेको हो । इतिहास उल्टिएको छ अहिले । १९९७ देखि अहिलेसम्म सहिद र तपस्वी नेता, नयाँ चिन्तक, विचारक, विद्वान्, युगवक्ता, साहित्यकारमध्ये कसैका वाणी महावाणी बन्न सकेनन् ? पञ्चायतकालमा त्रिभुवन, महेन्द्र र वीरेन्द्रका भाषणका अंश सबै सञ्चारमाध्यममा 'महावाणी' का रूपमा प्रचारित हुन्थे । ०४६ पछिको प्रजातन्त्रले वीपी, पुष्पलाल, गणेशमान, मदन भण्डारी आदिका उक्तिलाई स्तुतिको हदमा सञ्चारमाध्यममा प्रचार गर्न चाहेन । असोजतन्त्रयता दरबारी 'महावाणी' सरकारी सञ्चारमा फेरि जुर्मुराएका छन् । महावाणी सडकका ठूला-ठूला प्रचारपाटीमा रंगिन अक्षरमा नाच्न थालेका छन् । सरकारी कार्यक्रमहरूमा 'महाराजको जयजयजय, महारानीको जयजयजय' का व्यानर फेरि यत्रतत्र टाँग्न थालिएका छन् । आफूलाई 'बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रका हिमायती' घोषित गर्दै बहुदलीय प्रजातन्त्र नै एक्काइसौं शताब्दीको उत्कृष्ट प्रजातन्त्र भन्ने राजाकै निर्देशनमा 'महावाणी' विस्तारको यो खेती चल्दैछ । हनुमान्हरूको रामभक्तिको रूपमा ती 'महावाणी' सुन्दा/देख्दा जागरुक जनताले कस्तो प्रतिक्रिया दिन्छन् ? यसबारे प्रचारतन्त्रेलाई थाहा छ ? लोकतान्त्रिक मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो क्रमश:
Read Full Discussion Thread for this article