Posted by: Ok June 10, 2005
Hamro Rastriya gaan
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42582 स्तुतिगान र जागरुक जनता मोदनाथ प्रश्रति - स्तुतिगानको उद्मग आदिम जंगली समाजमा भयो । दास स्वामी समाजमा हाँगाबिँगा हाल्यो । सामन्ती व्यवस्थामा फुल्दै-फल्दै त्यसले अन्तिम शिखर चुम्यो । जंगली युगमा मान्छेले मान्छेको स्तुतिगान कम गथ्र्यो । प्रकृतिका नियम नबुझेकाले प्रकृति कुद्ध हुँदा बाढी, आँधीहुरी, डढेलो र रोग आदि हटाउने आशाले मान्छेले नदी, हावा, आगो, सूर्य आदिको प्रशंसाका गीत गाउँथ्यो । ऋग्वेद, यजुर्वेद ग्रन्थमा यस्ता स्तुति भरमार छन् । 'अग्निर्देवता वातो देवता, सूर्यो देवता' आदि । त्यस उप्रान्त आदिम समाजकी नेतृ महामाता र गणनायकको प्रशंसाको लहर चल्यो । 'नमो देख्यै महा देख्यै', 'नमो गणेभ्यो गणपतिभ्यश्रश्यो नमोनमः' आदि । अनि सुरु भयो प्राचीन गणतन्त्रमा हैकमशाली दिक्पाल या 'राजा' भएका नाइकेको स्तुति- 'स्वस्ति न इन्द्रो वृद्धश्रवाः', ' इमं मे वरुण श्रुधी हवम्' इत्यादि । त्यस जमानाका गणनायक या देवता -पितृरूप पूर्वज) को स्तुति यसरी पनि गरिन्थ्यो । मान्छेका टाउकाको माला लगाउने चामुण्डा देवीको जयजय होस् -चामुण्डे मुण्ड मथने शिरोमाला विभूषणे) सर्पको माला, साँढेमा चढ्ने चिताको खरानी शरीरमा घस्ने धतुरो खाने, नाङ्गै बस्ने भोले बाबाको जयजय होस् -नागेन्द्र हाराय,...वृषध्वजाय भष्भाङ्गरागाय महेश्वराय ।... चिता भष्मालेयो गरलमशनं दिक्यट धरो) उग्र नरहत्या, सर्पको माला, चिताको खरानी, साँढेको वाहनजस्ता प्रशंसाले पनि देवता खुसी हुन्छन् भन्ने कस्तो खाले सोच संस्कार थियो होला त्यसबेला ! के यसकै अनुकरणमा वर्तमानका ठूलाबडाको प्रशंसा यस्ता पंक्तिले गरेमा उनीहरू प्रसन्न होलान् ? कारमा हुइँ-हुइँ, तारेमा सुइँ-सुइँ टाइको पासो, तरुनीको हाँसो रक्सीमा चुर्लुम्म, देशको धन कुर्लुम्म ठूलाबडाको जयजय होस् ! क्रमश:
Read Full Discussion Thread for this article