Posted by: newuser June 10, 2005
He Swaps wife
Login in to Rate this Post:     0       ?        
Salokya ji फेरी थोरै कुरा भन्नु मन लाग्यो। तपाईंको पत्रकारिता प्रति लगाव अत्यन्त सह्रानिय छ। नेपालका पत्रकारहरुलाई यस प्रकारका समस्याहरु कमै मात्र देखा पर्ने भएकाले तपाईंले यहाँ सामना गर्नुपरेको आलोचना नौलो लागेको हो। तर रिपोर्ट गरिएका सामाग्रीको सम्पूर्ण जिम्मेवारी सम्वन्धित पत्रकारले लिनुपर्ने हुन्छ। त्यसकारण कुनै सम्भावित विवादास्पद समाचार छाप्नुअघि त्यसका कानूनी र नैतिक पक्षहरुलाई केलाउनुपर्ने हुन्छ। यहाँ तपाईको समाचारको सामाग्री प्रकाशन योग्य थिएन भन्दा पनि जुन प्रकारबाट प्रकाशित भयो त्यो ठिक होइन भन्ने कुरा उठेको हो। तपाईले त्यसरी अरुसंग प्राइभेटली गरेको च्याट जस्ताको तस्तै छाप्नुहुन्थेन भनेको मात्र हो।कहिल्यै पनि समाचार लेख्दा व्यक्तिगत कुरालाई समावेश गर्दा 'मैले यो कुरा छाप्दा के हुन्छ हजुर ?' भनेर सोध्ने वानी वसाल्यो भने पत्रकारको integrity कायम रहन्छ। तपाईंले यो कुरालाई ख्याल गर्दानै एकजना जिम्मेवार र सफल पत्रकार हुनुहुनेछ। अर्को कुरा ब्लगमा पनि तपाईंले पत्रकारिताको एउटै धर्म निभाउनु पर्छ। तपाईं ब्लगर मात्र नभएर Admin पनि भएकाले त्यसमा प्रकाशित सामाग्रीको जिम्मेवारी तपाईंमै आउँछ। ब्लगमा छापिएको कुरामा कसैले आपत्ति जनायो भने त्यसलाई हटाउनु Admin को जिम्मेवारी हुन आउँछ नत्र त्यसबारेमा परेको उजुरीले Admin लाई पनि तान्नसक्ने हुन्छ। कमसेकम वेबसाइट नै बन्द गराउन सकिन्छ कानूनी उपचारबाट यदि त्यसमा गैह्कानूनी सामाग्री छापियो भने। यो कुरालाई पनि तपाईंले ख्याल गर्नुपर्छ। जेहोस तपाईंले नेपाली मै ब्लगिङ शुरु गरेर प्रसंशनीय काम गर्नुभएको छ। Paris Hilton को उदाहरणलाई भन्दा पनि जिम्मेवार पत्रकारितालाई प्रेरणाको स्रोत मानेर कलम चलाउनुभयो भने तपाई बढि सफल हुनुहुनेछ। हाम्रो Ashu जी तलको लिंकमा राखिएको स्तम्भका लेखक हुनुहुन्छ। पछि कुराकानी गर्दा उहाँको Privacy लाई पनि ख्याल गरिदिनुहोला। - http://www.nepalitimes.com/issue249/strictly_business.htm
Read Full Discussion Thread for this article