Posted by: newuser June 9, 2005
Deposed HMG secretary Suicide
Login in to Rate this Post:     0       ?        
यस्ता घुस्याहालाई आफ्नो त कुनै सहानुभुति छैन। छानविन आयोगलाई जस्ताको तस्तै बयान दिएर सवै दोषीलाई कारवाही गराउन मद्दत गर्नको साटो सत्यतथ्य लुकाउन आत्महत्या गर्दिने झन ? मिलीजुली भ्रष्टाचार गरेपछि मिलीजुली सँजाय भोगेको भा भैहाल्थ्योनी। त्यो शेरेले यति खायो, प्रकाशमानले यति खायो, फलानो र ढिस्कानोले यति यति खाए भन्देको भा अलिकति पाप मोचन त हुने थियो नी। अब त सिधै नरकमा हो। बाउले भ्रष्टाचार गरेको सम्पत्ति अब सन्तानबाट असुल उपर गर्नुपर्छ। प्याकुरेलजीको आत्मालाई शान्ति दिने हो भने परिवारजनले उहाँले देशको ढुकुटीबाट लुटेको सम्पत्ति सप्पै फिर्तागर्नुपर्छ। राष्ट्रसेवक कर्मचारीका अगुवाले भुँडी फुट्ने गरि भ्रष्टाचार गर्दा तल्ला कर्मचारीलाई कस्तो असर पर्छ ख्याल गर्नुपर्दैन ? पढेलेखेको विद्वान प्राविधिक भएर देशले त्यत्रो जिम्मेवारी दिंदादिंदै करोडौं झ्वाम पार्दिने उल्टै? थुक्क प्याकुरेल जस्ता शिक्षितहरुलाई।धरतिका बोझहरु। जेहोस मान्छेका नाताले शोक सन्तप्त परिवारलाई समवेदना छ। अबको पिंढीले भ्रष्टाचार जस्तो घटिया कर्म नगरुन।
Read Full Discussion Thread for this article