Posted by: newuser June 8, 2005
Before launching the new people's revolution.
Login in to Rate this Post:     0       ?        
(फेरी एकाध हरफ लेख्?न जाँगर चलेको छ। मूख्य विषयवस्तुमा फर्किनु अगाडी अहिले सम्मको विवेचनाको निष्कर्ष के भने बृहत जनआन्दोलनको घोषणा गर्नु अघि राजनीतिक दलहरले प्रमूख माग संसद पुनर्स्थापना नभएर सम्विधान सभालाई बनाउनुपर्छ ताकी यसले माओवादीहरुको एजेण्डालाई सम्वोधन गर्न सकोस। र भारतीय/बाह्य दवाव केन्द्रित आन्दोलनको सट्टा व्यापक जनसहभागिताको विशाल आन्दोलनको कार्यक्रम तय गरियोस। आन्दोलनको उपलब्धी सम्विधान सभामा गएर रोकिएला या गणतन्त्रमा यि दुवैको परिस्थितिको विश्लेषण गरि आन्दोलन सकिंदाको समिकरणका बारेमा पूर्ण तयारी गरेर मात्र जनआन्दोलनको कार्यक्रम घोषणा गरियोस। तर जनतालाई कसरी विश्वासमा लिने ? कसरी उतार्ने लाखौं मानिसहरुलाई सडकमा ? के यो काम सम्भव छ ?अब एकैछिन यो प्रश्नको जवाफ खोजौं। ) २. राजनीति देशका लागि मानिसहरुले आफ्नो कर्मको फल अवश्य पनि चाहन्छन। सवै पेशामा लागेकाहरु आफ्नो मेहनतको फल पाउने आशामा हुन्छन। अहिलेको भौतिकवादी युगमा हरेक कर्मको फल सम्पत्ति/पैसा नै हो भन्ने मान्यता स्थापित भैसकेको छ। त्यसकारण मानिसहरु केहि कमाउने धुनमा नै पेशामा लागिरहेका हुन्छन। राजनीति सम्भवत यस्तो एकमात्र पेशा हो जसमा मेहनत पूर्वक कर्म गरेपनि आम्दानी आउने ग्यारेन्टी हुँदैन। त्यसैले नै कतिपय पढेलेखेका ,स�क्षम र इमान्दार मानिसहरु राजनीतिलाई आफ्नो पेशा बनाउन चाहँदैनन। फलस्वरुप कमसल मानिसहरु राजनीतिमा लाग्दा उनिहरुले राम्ररी काम गर्न सक्दैनन। राजनीतिक हैसियत कति बेला समाप्त हुने हो थाह हूँदैन र यसैबाट भ्रष्टाचारको शुरुवात हुन पुग्छ। हाम्रो देशको अर्थतन्त्र कमजोर भएकाले राजनीतिज्ञलाई पद अनुसारको जीवनशैली चलाउन गाह्रो हुन्छ र यसै मेसोमा उ भ्रष्टाचारको फन्दामा फस्नपुग्छ। प्रजातान्त्रका १४ बर्षमा भएको यहि नै हो हाम्रा नेताले देशका लागि राजनीति गर्न सकेनन, आफ्ना लागि मात्र राजनीति गरे र यसबाटै भ्रष्टाचार मौलाउन पुग्यो। राजनीति फलदायी पेशा होइन, यो वलिदानी पेशा हो र अति नै अपजसी पनि । अरुलाई गाली गर्न , आलोचना बर्साउन सजिलो छ तर राजनीति गर्न निकै गाह्रो हुन्छ। तपाईं हामी नेतालाई खुब गाली गर्छौं तर हा�मी मध्ये कतिजना नेपालमा फर्केर राजनीति गर्ने मनस्थितिमा छौं त ? कम्तिमा म चैं छैन किनकी मलाई जीवन धान्नपुग्ने आम्दानीको जरुरत छ जसको ग्यारेन्टी राजनीतिले दिंदैन। म जस्ता अकिंचनहरु राजनीतिमा लाग्दा नै भ्रष्टाचारको विजारोपण हुनपुग्छ। त्यसैले वास्तविक राजनीति गर्नेले पहिले अरु नै पेशाबाट जीवन निर्वाह गर्न पुग्ने आय आर्जन गरेर मात्र राजनीतिमा प्रवेश गर्नुपर्छ। उसमा राजनीतिबाट कमाउने एक रत्ति पनि लालशा हुनु हुँदैन, पूर्ण रुपमा देशका लागि समर्पित हुनसक्ने व्यक्तिले राजनीति गरेमा मात्र देश उँभो लाग्नसक्छ। हाम्रो नेपाललाई अब चाहिएको नेतृत्व पनि यस्तै हो। जसले कुनै व्यक्तिगत लाभको आशा नराखी राजनीतिमा आफ्नो समय र शीप खर्च गर्न सकोस। जसले सम्पत्तिको मोहलाई तिलान्जली दिन सकोस। यो कुरा भने जस्तै सजिलो अवश्य पनि छैन। तर अव दलहरुको नेतृतवमा वस्न चाहनेहरु, मन्त्री र सांसद हुन चाहनेहरु देशका निम्ति राजनीति गर्न तयार हुनुपर्छ, कमाउने आशा गर्नेहरुले नेतृत्व छाडिदिनुपर्छ। दलहरुले अवको आन्दोलाई हाँक्ने नेतृत्व यसरी चयन गर्नुपर्छ कि त्यसमा रहनेहरुले देशकालागि राजनीति गर्ने, आफ्नो आय आर्जनलाई बलिदान गर्ने प्रतिवद्धता जनाउन सकुन। कम्तिमा देशलाई गरिबीको दलदलबाट� निकालेर जनताको जीवनस्तर न्यूनतम रुपमा भएपनि सामान्य गराउन नसक्दा सम्म राजनीतिबाट सम्पत्ति नकमाउने किरिया खाएर मात्र अबको राजनीतिमा पाइला टेकियोस। क्रमश:
Read Full Discussion Thread for this article