Posted by: rajankhanal June 6, 2005
Nepal Dube Ke Bho Ra--- Mero Dalar Kheti Nadubos
Login in to Rate this Post:     0       ?        
मलाई हिमालमा प्रकाशित ऋतुराजको तलको चुट्का साह्रै चित्त बुझ्यो। >>साभार हिमाल खबर पत्रिका अंक १४८<< प्रजातन्त्र बहालीको उपाय यो एक्काइसौँ शताब्दी हो (बिर्सनु त भएको छैन होला किनभने अहिले व्याप्त वातावरण अठारौँ शताब्दीको जस्तो छ) । त्यसैले यो प्रजातन्त्रको युग हो । यो शान्तिको पनि युग हो हो । तपाईं पक्कै प्रजातन्त्रको परम् पक्षपाती हुनुहुन्छ र शान्तिको कट्टर हिमायती हुनुहुन्छ । तपाईं अर्थोक हुनै सक्नुहुन्न । आखिर तपाईं पनि एक पटक र्सार्वभौम भइसकेको एक्काइसौँ शताब्दीको नागरिक हुनुहुन्छ । प्रजातन्त्रको पक्षमा आफ्नो घरपरिवार र छोराछोरीका सामुन्ने बोलेर मात्र तपाईंलाई चित्त बुझदैन । प्रत्येक सङ्क्रान्तिको साँझ माइतीघरको शान्ति मण्डलमा मैनबत्ती बालेर मात्र तपाईंलाई आफ्नो कर्त्तव्य पूरा भएको लाग्दैन । तपाईं केही ठोस गर्न चाहनुहुन्छ । तर तपाईं भाषण गर्न सक्नुहुन्न । (सुन्ने कसले ?) । तपाईं वक्तव्य निकाल्न सक्नुहुन्न । -छाप्ने कसले ( छापे पनि पढिदिने कसले ?) तपाईंले आफू आफैँलाई बुद्धिजीवी ठान्नु भएको छ (र तपाईंलाई त्यस्तो ठानिदिने गल्ती अरूले पनि गरिदिएका छन् ।) अब बुद्धिजीवी भइसकेपछि धेरै मिहिनेत नपर्ने केही न केही त गर्नै पर्छ प्रजातन्त्रको नाममा, शान्तिको नाममा । तर तपाईं जुलुसमा पनि जान सक्नुहुन्न । किनभने जुलुसमा जाँदा पुलिसको डन्डा खानु पर्छ । त्यो काम बडो कष्टप्रद हुन्छ । टाउकोमा डन्डा परे टाउको फुट्न सक्छ । त्यो जोखिम तपाईं लिन सक्नुुहुन्न । पक्राउ परेर जेल जान सक्नुहुन्न । (तपाईंलाई जेल गएर के नेहरूले जस्तो छोरीलाई चिठी वा बीपीले जस्तो उपन्यास लेख्नु छ र ?) तर तपाईं प्रजातन्त्र र शान्तिप्रतिको आफ्नो अविचल प्रतिबद्धता र्सार्वजनिक रूपमा जाहेर गर्न चाहनुहुन्छ जोखिमरहित र कष्टरहित उपायद्वारा । यदि त्यसो हो भने तपाईं आजै गइहाल्नोस् थापाथली, जहाँ तपाईं जस्तै बुद्धिजीवीहरूले ठूलो 'भिजन' लिएर एउटा क्याफे खोलेका छन् । त्यहाँ 'डेमोक्र्याटिक मेनु' अर्न्तर्गत पाइने 'लोकतन्त्र खाजा' मागेर तपाईं लोकतन्त्रप्रतिको आफ्नो आस्था जाहेर गर्नोस् । बहुदलीय व्यवस्थाप्रति र्समर्थन देखाउन चाहनुहुन्छ भने 'मल्टी पार्टर्ीीवाँटी' अर्डर गर्नोस् । आफ्नो क्रान्तिकारी छवि देखाउन 'जनक्रान्ति छोयला' खानोस् । प्रतिगमनको विरोधी हुनुहुन्छ भनी देखाउनलाई 'अग्रगामी सेकुवा' माग्नोस् । प्रजातन्त्र भनेको समावेशी हुनर्ुपर्छ भन्ने धारणालाई बल दिन 'इन्क्लुसिभ डेमोक्र्याटिक पिज्जा' मगाउनुहोस् । --- बांकि पढ्न तलको लिंकमा क्लिक गर्नुहोस ।। ----- http://www.himalmedia.com/hkp/2062/jestha-16-31/ritubichar.html
Read Full Discussion Thread for this article