Posted by: Nepe June 1, 2005
What a weekend with Poonte
Login in to Rate this Post:     0       ?        
हात लागि नाटकका केही विशिष्ट दर्शकहरुसंग परिचय गर्न आफै तम्सेर गएँ । कुलचन्द्र गौतमजी जसका निस्पक्ष राजनीतिक विचारहरुलाई केही पक्षपाती विमतिसंग भिड्न उपयोग गरेको छु मैले, र डिसी -यालीपछि विशेष चर्चामा आउनुभएका मुरारीराजजीसंग । हालैका मेरा केही गणतन्त्रपक्षी ईमेल-गफ्फाजीहरु हाम्रा परिचयका सेतु बने । एउटा खुँखार गणतन्त्रवादीले उसले पाउनु पर्ने भन्दा अलि बढी नै कम्प्लिमेन्टस् पायो, भन्ठान्छु अब म । कुटनैतिक मान्छेहरु हुन्, म अकुटनीतिज्ञले नबुझेको पनि सक्छ । मेरा राजनैतिक तिकडमवाजीसंग परिचित अन्य पूर्वअपरिचित मान्छेहरुसंगको परिचय र नेपालीहरुको जमघटमा स्वभाविक हुने कुरा भन्नप-यो, धेरै अघि सम्पर्क छुटेका ईष्टमित्रसंगको पूनर्मिलन अर्को नाफा थियो, नाटकको । एनिवे, जहाँ जहाँ नाटक मञ्चन हुन्छ, हेर्न जान म सबै नेपालीहरुलाई आग्रह र सिफारिस गर्न चाहन्छु । वर्तमान शाहीसत्ताले पक्कै यो नाटकलाई एक राजनैतिक सन्देशको रुपमा चाहँदा हुन् । तर नेपाली दर्शकहरुले यसलाई शुद्द कलाको रुपमा हेरिरहेका छन् । राजनैतिक सन्देशको छनक मात्र पनि भएको भए एकदुई राजावादी बाहेक मुसो चरो पनि यो नाटक हेर्न आउने थिएनन् । त्यसो भा' हुँदा कवि विमल निभाजीले कुनै शंका नलिनु भए हुन्छ (सन्दर्भ: हालैको कान्तिपुरमा निभाजीको व्यंगरचना)। अब सप्ताहान्तको मुख्य आकर्षण: पुन्टेजी र भाउजुको आतिथ्य र असाध्यै रमाईला अतिथिहरुसंग बितेका दूई अविस्मरणिय दिनहरु । यो सुनाउँ कि त्यो सुनाउँ, गर्नै सकिन चुनाउ । ल केही फोटाहरु हेरम पहिले ।
Read Full Discussion Thread for this article