Posted by: Futurenepal May 31, 2005
Monarchy and its Relevance
Login in to Rate this Post:     0       ?        
Partially Modified from Progressive Song of Samana Pariwar: नेपालको छाति ज्ञानेहरुले लुछिरहेछन्, बहिनिको ईज्जत पारसेहरुले लुटिरहेछन्। नेताहरु अझै पर्खाल भित्र बन्दिभएछन्, बाआमा कठै आँसु भित्र चुर्लुम्मै डुबेछन्।। के हेरी बस्छौ जन्ता हो? संगठित भएर जुट...२ यस्तो यो चलन फेर्न अब, एकजुट भै उठ...२ दिनरात सधैँ गोलीहरु चलिरहेछन्, जनताको लास दिनदिनै यहाँ थपिरहेछन्। अत्याचार यहाँ चौगुना बढ्यो, रगत बग्दैछ, मान्छेको मासु खाएर ज्ञाने आराम लिँदैछ।। के हेरी बस्छौ जन्ता हो, संगठित भएर जुट...२ यस्तो यो चलन फेर्न अब, एकजुट भै उठ।...२ बन्दुकले शासन चिताउने जाल बुन्दैछन् देशभरी जनता मराउने चाल चल्दैछन्। एकजुट भई लौ उठौँ भाई हो, सामन्ति गलाउन, नउठी भएन सागर सरी ज्ञानेलाई हराउन।। के हेरी बस्छौ जन्ता हो, संगठित भएर जुट...२ यस्तो यो चलन फेर्न अब एकजुट भै उठ...२ नेपालको छाति गिद्दहरुले लुछिरहेछन्, बहिनिको ईज्जत दुष्टहरुले लुटिरहेछन्। नेताहरु अझै पर्खाल भित्र बन्दिभएछन्, बाआमा कठै आँसु भित्र चुर्लुम्मै डुबेछन्।। के हेरी बस्छौ जन्ता हो, संगठित भएर जुट...२ यस्तो यो चलन फेर्न अब एकजुट भै उठ...२ -------------- Futurenepal
Read Full Discussion Thread for this article