Posted by: newuser May 27, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
बल्ल आज कथालाई अघि बढाउने मौका मिलेजस्तो लाग्या छ। हेरम कहाँसम्म पु-याउँछु। यसअघि: (अचानक जेनीको कोठाको ढोका खुल्यो र एउटा बुढो खोक्दै बाहिर निस्कियो। त्यो उहि बुढो थियो जो सप्ताहन्तमा अनिमेषहरुको फ्ल्याटमा आएर जेनीसंग रात विताउने गर्थ्यो । 'ए कुरो त यस्तो पो रैछ।' बुढिले मुखमा बट्टा लगाएर बस्नुको कारण बल्ल बुझ्यो अनिमेषले । जेनीले आफ्नो अनुहार भुईंतिर फर्काइ, संगसंगै जेरी र अनुमेषका आँखा जुध्न पुगे। केहि दया, केहि आशा र केहि तृष्णाका भावमा जेरीका ठुल्ठूला आँखाले अनिमेषका आँखालाई सोधिरहेका थिए - 'अनि, मेरा लागि केहि उपाय गर न। म थकाइ मेट्न चाहन्छु, केवल आजको रातका लागि।' ) बाट क्रमश: बुढो बाथरुम झ-यो, फर्क्यो र फरी जेनीको कोठामा छि-यो, बोल्दै नबोली । जेनी पनि एकछिन अलमल्ल परि अनि ल म गएँ है त भनेर उसकै पछि लागि र आफ्नो कोठाको ढोका ढप्काइ। अनिमेष र जेरी हलवेमै अलमल्ल परेर एक अर्कालाई हेरिरहे एकछिन। समय ढल्किरहेको थियो, त्यहाँ त्यसरी मौनता साँधेर वसिरहनुको कुनै अर्थ थिएन। जेरीका थकित आँखाहरु एक तमास अनिमेषका आँखामा प्रश्न बाचक चिन्हहरु तेर्साउँदै अडिइरहेका थिए, अनिमेषले आँखा जुधाइरहन सकेन र टाउको भुँइ तर्फ झुकायो। अनिमेष एक उमेरदार युवक, वर्षौं देखिका आकांक्षाहरु चुलिएका थिए उसमा । केटी साथीहरु नभएका होइनन, स्कूल/कलेज र काममा उसले प्रसस्त केटीहरुसंग मित्रता गाँसेको थियो। तर कसैसंग पनि उसले अन्तरंग सम्वन्धको सुत्रपात गर्न सकेन। भावनात्मक रुपले जतिसुकै निकट भएपनि त्यो शारिरिक सम्वन्धमा रुपान्तरित हुन पाएन। कति पटक परिस्थिति उसको अनुकुल हुँदा पनि ऊ चुक्यो, केहि गर्न सकेन। शायद उसका विचार र सिद्धान्तहरुले उसलाई नियन्त्रित गरिरहे वा भनौं उ एकदम कायर भयो, अवसरहरुको फाइदा उठाउन सकेन। परम्परा, संस्कार, विवाह नै शारिरिक सम्वन्ध गाँस्ने लाइसेन्स हो भन्ने पूर्विय मान्यता उसको दिमागमा यति प्रगाढ भएको थियो कि कहिले काहिं उ आफ्नो कायरपनलाइ स्वयं खिसी गर्थ्यो। उसको पुरुषत्वले उसैलाई जिस्क्याउथ्यो बेलाबेलामा। उ नारी सौन्दर्यको प्रसंशक, पूजक थियो तर त्यसको आदर सम्मान पनि त्यत्तिनै गर्थ्यो वा गरेजस्तो बाहना गर्थ्यो। मान्छे भोगचलन र उपयोगिताको वस्तु होइन र उपभोग गरेपछि स्वतः त्यस प्रतिको दायित्व उपभोक्ताको काँधमा आउँछ भन्ने कर्तव्यवोध अथवा एक प्रकारको भयले उसको मानसपटलमा लगाएको घेरा वैंश फूलेर, फक्रिएर पाक्दा सम्म पनि हट्न सकेन। भनौं न उ अलि बढि नै सज्जन हुन खोज्यो वा सज्जन भएको अभिनय ग-यो र जीवनको एक तिहाई अंश वितिसक्दा पनि रतिरागका तृष्णाहरु फूले र त्यसै ओइलाउँदै गए उसका कल्पनाका तरेलीहरुमा। उसका कठोर आदर्शहरुले शारिरिक आकांक्षाहरुलाई निर्ममतापूर्वक कुल्चिएर दवाए। उसका चाहनाका सुशेलीहरु सँधै हतास र निरास भएर स्खलित भैरहे। रातहरु मृगतृष्णामा विते तर उ कुमारको कुमार नै रह्यो। विदेशिए पछि पनि पश्चिमा संस्कृतिलाई घपलक्क अंगालो हाल्न सकेन अनिमेषले । तर उसका बिचारहरु परिवर्तित हुँदैथिए। काममा महिला सहकर्मीहरु सित निर्धक्कसंग जिस्किन/छिल्लिन सिक्यो उसले। घरीघरी मनमनै यसलाई फकाउनु प-यो भन्ने विचार प्रकट हुन थाले। कहिलेकाहिं त जाउँ हिंड मसंग समेत भनिदियो अनिमेषले चिनापर्चिका केटिहरुलाई। ?कहाँ जाने, लौ हिंड न त? नभनेका पनि होइनन कसैकसैले उहि जिस्किएको पारामा। तर उसका प्रस्तावलाई कसैले पनि गम्भीर भएर लिएनन क्यार, उसले पनि कसैलाई हुरुक्क गर्न चाहेन। फेरी परिस्थितिको मेलजोल पनि त हुनुप-यो, हैन र ? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर पनि गर्नुभएन नी। त्यो फ्ल्याटमा सरेपछि र जेरीलाइ देखेपछि भने अनिमेष साँच्चैनै आशावादी भएको थियो । ?एक वाजी सोधेर हेर्नुप-यो यार, के भन्दीरैछे? यो सोंचाइ धेरै पटक मनमा खेलिरहे । तर समस्या उहि समय सन्दर्भको थियो, अनुकुलताको। खुला आकाशमा कहिले वादल लाग्यो, कहिले झरी प-यो, कहिले घाम चर्कियो तर भित्र उसले चाहे जस्तो मौसम आउँदै आएन; उसको आकांक्षामा खडेरी लागिनै रह्यो, तिर्खा मेटिएन। ********************************************************************* समय वलवान छ र मौसम पनि दयावान। कसैको जीवनमा सँधै खडेरी मात्र थोपरिदिने अन्याय समयले गर्दैन। अन्तत अनिमेषले सोंचेको जस्तै अनुकुलता उसका सामु आइलाग्यो, त्यो रात। जेरीको चाबी हराउनाले। हराएको पनि होइन, ढोकाले धोका दिनाले। जेनीको अधवैंशे जोडी आफ्ना गुंडमा गैसकेका थिए। तलको कोठाका रबिन र क्रिस त झन माथीको खैलावैलाको कुनै परवाह नगरी आफ्ना रात्रीचर्याहरुलाई निरन्तरता दिंदैथिए। र अनिमेषका अगाडी एउटा अनियमित आकस्मिकता उभिइरहेको थियो जेरीको आवरणमा। जेरी मौनतामा अल्झिएर उसको प्रतिकृयाको प्रतिक्षा गर्दैथिइ। अनिमेषको ढोका मानौं एउटा भिन्दै अतिथीको स्वागतार्थ आधा खुलिरहेको थियो। वाँकि थियो त केवल अनिमेषको निर्णय। हो, त्यो ठाउँ नजिकका सवै जीव र नीर्जिव वस्तुहरुले अनिमेषको फैसलालाई निःशब्दताका साथ कुरिरहेका थिए। क्रमशः ( अव अन्तिम पाटो अर्को हप्ता पक्का पूरा गर्छु, है त )
Read Full Discussion Thread for this article