Posted by: Kedar_Sharma May 26, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
{यहाँ एउटा तालिका संलग्‍न छ। प्राविधिक कारणले यहाँ यो तालिका बिग्रेर आयो भने कृपया तल हेर्नुहोला। यसलाई म तस्वीर (nepali akshar in order 1) का रुपमा तल राख्‍ने प्रयास गर्नेछु।} क्र.स‌. हुनुपर्ने क्रम परम्परागत फन्टमा हुनजाने क्रम कारण (कम्प्युटरले यस्तो बुझ्थ्यो) १. कमल anaxfb'/ anaxfb'/ २. किञ्जल्क dbg dbg ३. जनार्दन gjLg gjLg ४. जितेन्द्र hgf{bg hgf{bg ५. नवीन ladnf ladnf ६. बलबहादुर ldgf ldgf ७. बिमला lht]Gb lht]Gb ८. मदन ls~hNs ls~hNs ९. मिना sdn sdn माथिको तालिकाको दोस्रो कोलमलाई हेरौँ। कम्प्युटरले 'क' लाई s बुझ्ने हुँदा 'कमल' लाई अन्त्यमा लगेर राख्यो। बिमला, मिना, जितेन्द्र र किञ्जल्क लाई चाहिँ सँगसँगै तर झण्डै उल्टो क्रममा राख्यो। परम्परागत फन्टमा L थिच्दा ह्रस्व इकार ( l ) आउने भएकाले उसले यी नामहरूको क्रम दोस्रा अक्षरहरू a, d, h र s का आधारमा मिलायो। अङ्‌ग्रेजी वर्णमालामा S भन्दा अघि L आउने भएकाले कमल भन्दा अगाडि किञ्जल्क आयो। परम्परागत अर्थात् ट्रू टाइप फन्टहरूमा जे टाइप गर्‍यो त्यही नै देखिन्छ। 'दिदी' भन्ने शब्दको उदाहरण हेरौँ। वर्णमाला अनुसार 'द' मा ह्रस्व इकार ( l ) लागेर 'दि' बन्ने हो तर हामी पहिला इकार टाइप गरेर मात्र 'द' टाइप गर्न वाध्य छौँ। अर्थात हामी 'इ+द+द+ई' ( इददी) लेख्छौँ र त्यसलाई 'दिदी' देख्छौँ, पढ्छौँ। त्यसैगरी s+d+ { (कमर्) टाइप गरेर कर्म र z+d+f+ {(शमार्) टाइप गरेर शर्मा बनाउने बाहेक हामीसित अर्को उपाय छैन। त्यति मात्र होइन, परम्परागत फन्टहरू चलाउँदा हामी थपथाप, जोडजाड पारेर समेत नेपाली अक्षर बनाउन वाध्य छौँ। 'झ' ( em) चाहिँदा 'भ' मा र 'क्र' चाहिँदा ( qm) 'त्र' मा नेपाली वर्णमालामा अस्तित्व नै नभएको पुच्छर ( m) थप्नु पर्छ। युनिकोड अभियन्ता अमर गुरुङ थोरै शब्दामा धेरै भन्छन्, "c र l जोडेर d बनाउनु जस्तो हो, नेपालीमा जोडजाड गरेर अक्षर बनाउनु पनि त्यस्तै हो।" तर हामीले यो कुरालाई अनौठो नमानिकन, आफ्ना पुर्खाले टाइपराइटर वा कम्प्युटर आविष्कार नगरेको अभिशापका रुपमा स्वीकार गरे जसरी नै स्वीकार गरिरहेका छौँ। धेरै वर्षदेखि हामी यसरी नै नेपाली लेखिरहेका, छापिरहेका र पढिरहेका छौँ। तर त्यहाँ के लेखिएको छ भन्ने कुरा कम्प्युटरको तर्क प्रणालीमा कहिले पनि प्रवेश नै गर्दैन। "गोपी कृष्ण कहू" को पारामा नेपाली बुझ्ने कम्प्युटरबाट जेनतेन काम त चलेकै छ, आधुनिक, तर्कसम्मत र वैज्ञानिक काम गर्न भने असम्भव छ। यता युनिकोडमा उच्चारण अनुसार टाइप गर्नु पर्छ। द+ि+द+ी टाइप गर्दा मात्राहरू आफैँ नै मिल्न जान्छन्। क+र्+म टाइप गर्दा र् आफैँ नै रेफ भएर माथि बस्छ र कर्म बन्छ। परम्परागत फन्टहरूको अर्को समस्या हो एकरुपताको अभाव। एउटा फन्ट चलाउँदा एकठाउँमा भेटिएको अक्षर र मात्रा अर्को फन्टमा अर्कै ठाउँमा खोज्नुपर्छ। प्रीति र कान्तिपुर जस्ता चल्तीका फन्टमा समेत यस्तो समस्या छ। प्रीतिमा चन्द्रविन्दु ( F ) shift 'f' अर्थात ठूलो F मा छ भने कन्तिपुरमा Alt 0247 मा। यसको कारण हो, कम्प्युटरमा नेपाली भाषालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा कुनै मापदण्ड नभएका कारण फन्ट विकासकर्ताहरूलाई जहाँ मनलाग्यो त्यहीँ अक्षर र मात्राहरू राखिनु। परम्परागत नेपाली कम्प्युटर वर्णमाला प्रविधिको अभावको मात्र होइन फन्ट विकासकर्ताहरूकै सृजनशीलताको समेत शिकार हुन पुगेको छ। नयाँ युगका कुरा सूचना प्रविधिले हामी वरपरका अनेक किसिमका सीमानाहरूलाई भत्काउँदै र फराकिलो पार्दै लगेको छ र कहिलेकाहिँ त हामीलाई आफ्नो परिवेशको सीमित घेराबाट मुक्त भएसम्मको आभाष दिन थालेको छ। यसैको अर्को नाम हो ग्लोबलाइजेशन। नेपाली युनिकोडले हाम्रो भाषाका वरिपरि लागेको अप्ठ्यारो भू-बनोट, कमजोर अर्थतन्त्र र पुरानो प्रविधिको तारबार पनि भत्काइदिएको छ। एउटा उदाहरणका लागि चल्तीको चलन च्याटलाई लिऊँ। तपाईँ कम्प्युटर अगाडि बसेर विदेशमा भएका कुनै साथी वा आफन्तसित च्याट गर्दै हुनुहुन्छ र तपाईँलाई मातृभाषामै कुरा गर्न मन लाग्यो भने परम्परागत फन्टमै पनि नसकिने होइन। तर त्यसमा प्रयोग गरिने फन्ट दुवैतिरका कम्प्युटरमा हुन आवश्यक छ। तर यदि तपाईँ युनिकोड चलाउनु हुन्छ भने उता कुनै फन्ट छ कि छैन भन्ने वास्तै नगरी नेपालीमै मनका कुरा लेख्‍न मिल्छ। यताबाट नेपालीमा जे लेख्‍नुहुन्छ, नेपाली युनिकोड चल्ने अपरेटिङ सिस्टम भएको जुनसुकै कम्प्युटरमा त्यो पढ्न सकिन्छ। इन्टरनेटको युगमा त यो अत्यन्त आवश्यक कुरा हो। इन्टरनेटमा नेपाली पत्रपत्रिका पढ्नमा आइपर्ने कठिनाइबाट पनि यसले मुक्ति दिने भएको छ। यसैका कारण इन्टरनेटमा मिसमास नभएका अक्षरमा पढ्न सकिने भएको छ। युनिकोड प्रयोग गरिएको छ भने कुनै कुरालाई वर्णानुक्रम वा सङ्ख्यानुक्रममा राख्‍न त मिल्छ नै, कुनै पनि मोटाइको किताबको अनुक्रमणिका निकाल्न पनि सकिन्छ। फाइल र फोल्डरको नाम नेपालीमा राख्‍न मिल्छ, नेपालीमा ईमेल पठाउन मिल्छ। अङ्‌ग्रेजीमा जे जे गर्न सकिन्थ्यो, अब ती सबै कुरा अब नेपालीमा गर्न सकिने भएको छ। मदन पुरस्कार पुस्तकालयमा कार्यरत भाषाशास्त्री लक्ष्मी प्रसाद खतिवडाले भने झैँ "युनिकोडले गर्दा कम्प्युटरको मातृभाषा अङ्‌ग्रेजी नै हो भन्ने धारणामा परिवर्तन आउन थालेको छ।"
Read Full Discussion Thread for this article