Posted by: Nepe May 21, 2005
MAALATI MANGALE in New York
Login in to Rate this Post:     0       ?        
MM2005, "ईश्वर तैले रचेर फेरि. . ." बोलको गीत "मुना-मदन" बाट हो, "मालती मङ्गले" बाट हैन । "मुना-मदन" को प्रथम मञ्चन राष्ट्रिय नाचघरले गरको थियो भने "मालती-मङ्गले" त्यसको निकै पछि राजकिय प्रज्ञा-प्रतिष्ठान ले । गएको आईतबार डिसीमा "मालती-मङ्गले" का कलाकारहरुसंग भेट भा' थियो । मैले नचिन्ने कलाकारहरु थिए । लक्ष्मी श्रेष्ठलाई ता चिन्छु (उनीसंग एउटा नाटकमा खेलेको छु, जमानामा ) तर उनि त्यहाँ थिईनन् । निर्दैशक त मेरा यहीका कविमित्र । कवि सरुभक्तसंग पनि त्यहीं भेट र भलाकुसारी भए । अहिले प्राज्ञ, उनी नाटकमण्डलीका ब्यवस्थापक क्यारे । उनी मेरा प्रिय नाटककार र अतिप्रिय कवि हुन् । २० वर्ष भन्दा अघि एकपटक म उनको कोठामा (झोंछे) पुगेको छु, मेरो नाटक निर्देशकसंग, तर त्यो उनी स्मरण गर्दैनन् । अनुकुल मिल्यो भने नाटक हेर्न न्यूयोर्क आउने योजना छ । हेरम ।
Read Full Discussion Thread for this article