Posted by: dodhare May 20, 2005
Join DC Rally. May 15. Part 2
Login in to Rate this Post:     0       ?        
प्रजातन्त्रको समर्थनमा गरिएको डी. सी. ?यालीको सफलताको प्रमाण प्रकाशित तस्वीरहरु नै पर्याप्त छन्। र जुन नकरात्मक समाचारहरु प्रचारमा आएका छन, ति केवल कमजोर मनस्थितिका द्योतक हुन। यस्ता क्रियाकलापको समर्थन सही सोच हुने कसैले गर्न सक्दैन। यस्तै खालका मनगढन्ते हल्ला र स्तरहीन लेख राजाको समर्थनमा निस्केको जुलुसका विरुद्ध पनि गरिएका थिए। फरक मतको कदर गर्न नसक्ने र आफ्नो कुरा माथि पार्न अर्कालाई हरतरहले नीच साबित गर्न खोज्ने परिपाटि अत्यन्तै निन्दनीय छन्। हामी सधै अर्काको चरित्र दोष देखाउन तल्लीन हुन्छौ तर आफुलाई कहिल्यै सुधार्दैनौ। हामी जस्ता ब्यक्तिहरुको बाहुल्यता हाम्रो समाज र देशमा छ। र हामीले चुनेका नेतामा पनि त्यही चरित्र छ। अनि हाम्रा नेताहरुको असक्षमताको विरोध पनि हामी नै गर्छौ। कुनै पनि कुराको समर्थन या विरोध स्तरीय भाषाबाट गर्न सकिदैन भने हामी कसैले आफुलाई बढी योग्य ठानेर विवाद गर्नु बेकार छ। हामी सांच्चै नेपालप्रति चासो राख्छौ भने नेपालको यथार्थलाई नियालेर हेरौ। नेपालको साक्षरता प्रतिशत ४० छ। ६० प्रतिशत नेपाली नागरिकले लेख्ने र पढ्ने अवसर पाएका छैनन्। त्यो ४० प्रतिशत साक्षर मध्ये कति त स्कूलको शिक्षामै सीमित छन भने कलेजको शिक्षा लिने समूह त सानो नै छ। त्यो सानो समूहबाट अति सानो हिस्सा विदेशमा छिरेको छ। सही प्रजातन्त्र र आधुनिक भौतिक सुविधाको उपभोग गर्न पाएका हामीले आफुलाई भाग्यमानी ठान्नु पर्छ। यो शुखलाई आफुमा सीमित नराखि देशको लागि र जनताको लागि कस्तो टेवा पुर्याउन सकिन्छ भन्ने विवाद हामीले गर्नु पर्ने हो। हामीले आफुलाई फर्किएर हेरौ ? हामीले के लेखिरहेका छौ, के बोलिरहेका छौ? हामीले परिवर्तन गर्न सक्ने भनेको केवल आफुलाई हो। पहिले आफुलाई परिवर्तन गरौ त्यसपछि आफ से आफ समाज, देश, हाम्रा नेता परिवर्तन हुन्छन् र देशले सही दिशा पाउंछ। चरित्रकै कुरा गर्दा मेरो मनमा खुड्कीएको एउटा कुरा पनि गरिहालौ। माओवादीका अध्यक्ष प्रचण्ड (पुष्प कमल दाहाल) ले प्रकाशित गरेका विग्यप्तिहरुमा राजालाई ज्ञानेन्द्र शाह लेख्नुको सट्टा ज्ञानेन्द्र शाही लेख्छन्। जातपातको कुरा हट्नु पर्छ भनेर सर्वहारा वर्गको नेतृत्व गर्ने ब्यक्तिले अर्काको जातलाई उपहास गर्नु पर्ने किन? त्यसमाथि पनि आफु बाहुन भएको नाताले उनी जातपातको मुद्दामा अलिक सम्वेदनशील हुनु पर्ने हो भन्ने मेरो सुझाव।
Read Full Discussion Thread for this article