Posted by: Nepe May 19, 2005
Join DC Rally. May 15. Part 2
Login in to Rate this Post:     0       ?        
कुदोस् रे ? -यालीको शुरुमा अलिकति कुदेको त हो, पार्क वरिपरि घुमिरहेको आशा गरे जत्तिकै लामो जुलुसको फोटो भ्याईनभ्याई खिच्नलाई । झन् गणतन्त्रवादी नारा लगाउने जत्था पनि भेटेपछि त मलाई के चाहियो ? मच्ची मच्ची नारा लगाउँदै कुद्धै । त्यो पिक ट्याममा मलाई झण्डै १००० मान्छे होलान् जस्तो लाग्या थियो । फ्रिनेपालले मान्छेहरु खटाएरै गन्न लगाउँदा पनि सरदर ७०० को उपस्थिति पाए । १-२ भाषण पछि मान्छे अलिक पातलिए । सितारा झुल्किन्छिन् कि भनेर आँखा घुमाएको त हो । खास गरेर दूई लामाहरुले शान्तिप्रार्थना गर्दा सितारालाई सम्झ्या थिएँ । बाडुली लाग्यो कि ?
Read Full Discussion Thread for this article