Posted by: pundit May 12, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
सबैले हात धोई, पुष्पाजलि लिई, अंजलि बाँधि ध्यान गर्न र श्लोक सकिए पछि पुष्प चढाउनु हुन अनुरोध गर्दछु । अन्तिम भाग यं ब्रह्मा बरुणेन्द्ररुद्रमरुत: स्तुन्वतिदिव्यैस्तथा, देवै साङ्गपदाक्रमोर्पनिशदैर्यगायन्तियम् शामगा ॥ ध्यानाबस्थित तद्गतेनमनशा पश्यन्तियं योगिनो यस्यान्तं नविदु:सुरा सुरगणा देवाय: तस्मै नम: ॥१॥ भोलिपल्ट मैले आमालाई सबै कुरा भने , सरू सँगको भेट, हाम्रो त्यो साराङ्कोट क्षण, सरुको अम्रिका आगमन् अनि उस्ले मेरो रेखदेखमा पुर्?याएकि समर्पण । आमा मेरो कुरा सुनेर भावबिहोर हुनु भो र भन्नु भो " बाबु त्यो बेलामा मैले होश नै गुमाएको थिए, मैले आवेशमा के के भनें मलाई पनि थाहा छैन, मलाई पछिबाट मनमा त लागेको थियो तर त्यतिबेला सम्म धेरै ढिला भइसकेको थियो ।" " हो मैले पनि उ सँग माफि माग्नु छ । तिमिहरुको अटुट साथको लागि म पनि भगवान सँग प्रार्थना गर्छु । " म सार्है खुशी भएँ र आमालाई हेरिरहें, आँखाबाट आँशुका धारा बगे आमाले आँशु पुछ्दै टाउको हल्लाएर मौन स्विकृति दिनुभयो । मेरो जिवन अब बल्ल सुरु हुने भो मलाई लाग्यो । मेरा सबै आकांक्षाहरु पुराभए । मेरो जिवनका सुखद मोडहरु यसरि एकपछि अर्को गरि आउला भनि मैले कहिल्यै सोचेको थिईन । भोलिपल्ट जब सरु आइन् आमा आइसक्नु भएको थियो । सरु भित्र पस्न नपाउदै आमाले ठट्यौलि गर्दै भन्नु भयो " लौ सरु यहाँ कहाँबाट आइपुगिन् त !" सरु अलमल्ल परिन् । आमाले सरुको टाउको मुसार्दै भन्नुभयो " नानु, मलाई माफ गरिद्यौ म अति आवेशमा थिए " सरुले केहि बोलिनन् मात्र टाउको निहुराईन् । दुवैको अनुहारमा चमक थियो म मुक-दर्शक भएर हेरिरहें । मेरो पहिलो प्रेम नै अन्तिम प्रेम बन्ने भो , म अति भाग्यमानि रहेछु । डा क्विग्ले र डा फार्कस् को देन म कहिल्यै पनि भुल्न सक्दिन । म निको भए तर चोटलागेको अंग पहिलेको जस्तै कहाँ हुन्छ र । समस्या अहिले पनि छ, मेरो आँखा अहिले पनि रातो हुन्छ धेरै बेर कम्प्युटर हेर्दा , अनि घाम धुलो र धुवाँबाट मैले जोगाउनु पर्छ यस्लाई । तर सबैभन्दा खुशीको कुरा मैले आफ्नो जिवन फेरि पाँए, मैले आफ्नो मायालु पाँए । मैले बिस्तारै कामको खोजि गर्न थाले तेसै पनि घरमा कति बस्नु , जता हेर्यो सबै काममै दौडेका छन् । आफ्नो हातमा फरेष्ट्रिको बर्षे डिग्रि बाहेक अरु केहि थिएन तर एकदिन Adirondack trail मा स्वयंसेवक मागेको रैछ मैले कामशुरु गर्ने त हो नि भनेर निवेदन दिए । फरेष्ट्रिको बर्षे डिग्रिले थप मद्दत पुर्?यायो र मैले पनि Adirondack , NY मा काम पाँए । यहाँको केहि ट्रेनिङ र कामको लगनले गर्दा मलाइ उनिहरुले स्थायी सेवामा नियुक्त गरे । फेरी विछोड त आयो तर यो विछोड धेरै प्रीय थियो ।
Read Full Discussion Thread for this article