Posted by: Nepe May 11, 2005
Evolution of nicknames in Sajha
Login in to Rate this Post:     0       ?        
दादागिरीजी, राजधानीका मकरतन्त्रवादी संजाल यो रयालीलाई माओवादीले गरेको, गिरिजाको आदेशबाट गर्न लागिएको जस्ता नाना भाँतिका हल्ला फैलाउन यत्नरत छन् । पछिल्लो खेपमा चाहि सुजातालाई शाही अभिनन्दन गर्ने कार्यक्रम छ रे भन्ने हल्ला पिटाएछन् । जतासुकै पाईरहेकी राजकिय मानमनितोमा बानी बिगारेकी सुजाताजी यस रयालीमा भने सादर निम्ता पाउनु त कताकता कतिले उल्टै नआईदिए बेस भन्ने र अझ कतिले त आउन नसक्ने तारतम्य मिलाउँन हौ दम्तरी हो भने रे भन्ने सुनेसी खिस्रिक्क परेकी छिन् रे बरा, सुलसुलेले ल्याएको खबर अनुसार । अब के को नेपेसंग ढस्सिएर नाँच्न आम्थिन ? अनि तपाईले लोकतन्त्रवादी रयालीलाई आ. समर्थन त दिनुभो, तर यो मकरतन्त्रको नशा नै उत्रेर दिनुभएको समर्थन कि नशामै उही दुवै हातमा स्याउ परोस् भन्ने आशय ? नेपे यो के खस्रो कुरा गर्छ भन्नु होला, कुरा भन्या खस्रै जाती । मकरतन्त्रलाई तपाईको समर्थन यथावत छ भने चै, रयालीलाई तपाईको आलोचनात्मक समर्थन र सुजाताजीको अन्वेषणात्मक सहभागितामा कुनै तात्विक भिन्नता छैन । त्यसैले दुबैलाई NO THANKS. यथोचित क्षमायाचनासहित, नेपे
Read Full Discussion Thread for this article