Posted by: kisr May 9, 2005
Pradeep Giri Interview...
Login in to Rate this Post:     0       ?        
माघ १९� को शाही कदमले सात समुद्रपारि अमेरिका/क्यानाडामा बस्ने नेपालीहरूलाई पनि मजैले धु्रवीकृत गरिदिएको छ । नेपालीहरूको यो प्रभावशाली र एकीकृत समूह, जसले आफूलाई 'नेपाली डायास्पोरा' भन्न रुचाउँछ, शाही कदमका कारण विभिन्न विचारधारामा विभाजित भएको छ । विद्यावारिधि गर्ने शोधकर्मी, शारीरिक परिश्रम गर्ने श्रमजीवी, अमेरिकाका सहरहरूको योजना बनाउने योजनाकार, भर्खरै मात्र कलेज पसेका विद्यार्थीसम्म करिब ५० जनासँगको अन्तर्त्रिmयापछि यो निष्कर्ष निस्केको हो । यहाँको नेपाली डायास्पोरा नेपालका खबर एवं सूचनाका लागि मुख्यतः दुईटा माध्यमहरूमा भर पर्छ । एउटा, आफ्ना परिवार एवं नातागोतासँग फोन तथा इमेल सम्पर्क गरेर । अर्को, इन्टरनेटमा सजिलै र सित्तैमा उपलब्ध हुने विभिन्न पत्रपत्रिका तथा वेबसाइटहरू हेरेर । शाही कदमपश्चात् फोन तथा इन्टरनेटमाथि लागेको प्रतिबन्धले केही समय सूचनाको प्रवाह निमिट्यान्नै भयो, जसले गर्दा आफ्ना पि्रयजनहरूको कुशल-मङ्गलको खबरलगायत देशकै गतिविधिहरूबारे समेत केही थाहा नभई नेपाली डायास्पोरालाई अनौठो छटपटीले च्याप्यो । आफ्नो घरमा समेत सन्चो-बिसन्चोसमेत सोध्न नपाउने भएपछि डायास्पोराका नेपालीहरू अलि अचाक्ली नै भयो भन्नेमा एकमत देखिए । नेपालबाट सूचना प्रवाह बन्द भएपछि स्वभावतः सबै नेपाली तथा गैरनेपालीहरूले विदेशबाट सम्प्रेषित सूचनाका स्रोतहरूमा भर पर्नुपर्ने भयो । जस्तै, बीबीसी नेपाली सेवा । अमेरिकाबाट प्रकाशित हुने पत्रिका तथा वेबसाइटहरूमा पाठकहरूको कतिसम्म बाढी आयो भने कतिपय साइटहरूका 'सर्भर' ले समेत चाप धान्न सकेनन् । शाही कदमको असर यहाँका पत्रपत्रिकाहरूमा पनि स्पष्ट देखियो । नेपालीपोस्ट र न्युजलुकम्याग जस्ता 'न्यूज पोर्टल' ले खुला रूपले शाही कदमको विरोध गरे भने पिस मिडिया ले शान्तिका लागि शाही कदम अत्यावश्यक रहेको ठोकुवा गर्‍यो । नेपाल डाइजेस्ट ले विशेष अङ्क प्रकाशित गरी यस कदमको पक्ष-विपक्षमा बहस गरायो । - http://www.kantipuronline.com/Nepal/diaspora.htm
Read Full Discussion Thread for this article