Posted by: Dada_Giri May 8, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
सञ्जुको याद आयो (अन्तिम भाग) सञ्जु काव्य अध्याय २५ हामी आफ्ना आफ्नै छुट्टै सागरमा डुब्दै थियौँ। पत्तै नपाइकन बत्ति पो आएछ त। वत्ति त आयो आयो, उसको कर्तव्य हो, पुरा गर्यो यसमा उसको के दोष नि फेरि। तर प्रभाकी आमाले ढोका ढक्रक्क खोलेर भनिन्। "ल नानी, तिमेरु माथि सुत्नी, बाबुहरु ह्याँ सुत्नुहुन्छ।" भन्दै एउटा सिरक र सिरानी पो लग्छिन् बा। १० मिनेट पैले नै वत्ति आऽ भे त मेरो भाग्य नै खोसिने नि। झण्डै भगवानले साथ दिनू भो आज त। मौकामा चौका हान्या ठिकै भेऽ छ। *** *** *** भोलिपल्ट बिहान सवेरै उठेर निस्केम हामी ४रै जना। नाउडाडामा एक सुर्पि चिया तानियो। पैसा तिर्न खोज्दा सञ्जु र प्रभा मानेन्। तिरे। पैसा तिरे यार, के गर्नु बिडम्बना। पैसा तिर्ने बेलाँ मलाई लाज लागेर है, यतापट्टि गएँ धारोतिर मुख धुन गए जस्तो गरी। क्यारम त नि है? हुन त मैले "घुम्म जाम" भनेकै हैन। भालु_पहाड, फेदिखोला हुँदै हामी यता कुबिण्डे भञ्ज्याङ्गको घुम्तीमा आएर झरियो फेरि। त्यती बेला बिहानको ७ पनि बज्या थिएन। त्यो कुबिण्डेको पसलको एउटा रेडियोमा भजन आउँदै थियो के। *** *** *** कुबिण्डेमा त्यो पोखरा दर्शनिञ स्थल भन्ने छ, घुम्ती माथि यसो खुट्किला चढेसी बजार पनि अलि अलि देखिन्छ के। त्यो शित्तल विहानीको चिऽसो हावामा पुर्वतिरको आँखा अलिअलि तिर्मिराउने लाल, कोमल र कलिलो सुर्यको किरणको स्वागत गर्दै हामी एकछिन त्यहीँ बहकाउन थालियो। लज्जावती झारको सितको बिन्दु पनि भर्खर भर्खर ओबाउँदै हुँदो हो तर चिस्यान भने मेटिएको थिएन। नजिकैका बाक्ला रुखहरुले छेकिएको बिसौनी जस्तो ठाऊँमा हामी हराउन थालेम् आफ्नो आफ्नो गौँथलीको जोडिमा र आफ्नो आफ्नो स्वच्छन्द आकाशमा। *** *** *** मैले सञ्जुलाई भण्डार कोठामा सपनामा देखेको सबै कुरा बताएँ, जुन भन्ने मौका बल्ल त मिलेको थियो नि। सञ्जुले पनि शब्द शब्द सुनी र मधुर हुन थाली। रुँदै मेरो अंगालोमा बाँधिए पछि हाम्रो बिचमा फेरि एक खेप आँधिका छालहरु आएछन्, पत्तै भेऽनछ नि हाम्लाई त। सञ्जु उठेर काँप्दै कपडा मिलाउँदै थीई बा सितको चचचचिसोले हो बा के हो कुन्नि। सञ्जु सालिन, मधुर, आँखाभरि आँशु लिँदै मलाई सोधी। ... ... ... उसो भे, अब हामेरु भुते रहमा हाम्फाल्ने त? ... ... ..." "... ... ... ... ... ..." म एकक्षण नि:शब्द रहेँ र चालै नपाइकन गीत पो गुनगुनाउन पुगेँछु। सल्लेरी पाखा त्यो नझुकेसम्म आँधिको पानि त्यो नसुकेसम्म म पर्खिरहूँला सञ्जु म पर्खिरहूँला सञ्जु म पर्खिरहूँला ... ... ... (समाप्त)
Read Full Discussion Thread for this article