Posted by: Deep May 6, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
"अनि कता बाट त दाई आज ह्याँ?" बाङ्गेले हुर्याएछ प्रश्न. "कता बाट हुनु नि..साथिहरु याँ मन्त्रालयमा कुरा गर्न आउनला मौका पारेर म नि घुम्न आ नि काठमाडौं" बिबशदाईले अर्थ्याएछन. अनि बाङ्गेलाई हेर्दै थपेछन, "ल भाई त यहाँको लोकल, साँझ नि पर्न लाई सक्यो यो भक्तपुर नि यसो घुमाइदिनु पर्यो मलाई..फुर्सद त छ हैन?" "आफु त हराएर रिङ्गिरा बेलाँ ....."बाङ्गेले मनमनै ठाने पनि "अब हराएँ भनेर यस्को अगाडी गति के छाडी भो र" सोच्दै , "भै हाल्छ नि ..ल यता बाट सुरु गरम" भनेर एका तिर लागेछ. यसलाई घुमाउने सुरमा बस स्टप पनि भेटी हाल्छु कि भन्ने आश पनि बाङ्गेमा पलायो. भक्तपुरको बिशेषतानै मन्दिर र गल्लि हो हाँकेछ बाङ्गे ले तर कुन मन्दिर कस्को..त्यो ठामको नाम के त उस्लाई नि था भा भे पो भनोस. यता र उता गर्दा गर्दै ब्यापक साना र अध्यारा गल्लि तिर पसेछ बाङ्गे हरार. "ओहो, भाईलाई त यस्तो यस्तो गल्लिको बाटो नि था रे छ, म भाको भे त अघि नै हराईसक्थें यस्ता बाटामा". बिबशदाईको टिप्पणिलाई प्रत्योतर दिदै बाङ्गेले "अब हींको भए सि त यति गल्लि त चिन्नै पर्यो नि" फाल्यो डाइलग. कता कता बाट कता पुग्यो बाङ्गेलाई केहि था भा हैन. केहि नलागेसि बाङ्गेले हराकोमा समर्पण गर्ने बिचारले "बिबशदाई, खास के भने.." भन्दा भन्दै बिबशदाईले "ल भाई मैले त माने तिम्लाई...काँ काँ हो काँ काँ लगेर त्यस्ता त्यस्ता गल्लिबाट ...अघि जाँ बाट हिन्या तीँ ठ्याक्कै ल्याईदिया ल.." भनेसि पल्याक पुलुक हेर्दै बाङ्गेले नि ठम्याएछ "हो त नि अघि उ तीँ बाट लाग्या त हो नि". फेरि बस स्टपजाने समस्या जाँ को तीँ. "अब यस्ले बस चढन जाम भन्यो भने?" बाङ्गेको पिर बढ्दो थियो. "ल अब जाम" बिबशदाई बाटो लागे.."बसाई काँ छ त दाईको?" बाङ्गेले सोध्यो. "त्याँ सुनधारा गेष्ट हाउसमा.. अब त साथिहरु नि आइसकेहोलान लजमा..पर्सि त फर्किने हो..म भाईलाई भोलि फोन गर्छु नि..पशपती लग्दिनु पर्छ है" बिबशले कुरा पोखे. बाङ्गेले हुन्छमा टाउको हल्लायो. कुरा गर्दै सुरु सुरु हिनिरा बिबशलाई हेर्दै बाङगेले सोचेछ, "काँ जान ला हो यो?" सोध्नै ला बेलाँ हेर्छ त बिबशले बस स्टप पो ल्याईपुर्याएछ.
Read Full Discussion Thread for this article