Posted by: newuser May 5, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
ढिलाइका लागि क्षमाप्रार्थी छु। ( बाहिर Hallway मा जेरी र जेनी, जेरीको कोठाको ढोका खोल्न प्रयाश गरिरहेका थिए । बिचरी जेनीले चाबी भित्रै छुटाइछ र ढोकाको लक अटमिटिक लाग्न पुगेछ। कहिलेकाहिँ धोका दिन्छन् फ्ल्याटका ढोकाहरुले , त्यसैले अनिमेषले दुइटा चाबी बनाएको छ। एउटा आफ्नो साथमा र अर्को एक्सट्रा तल किचनको क्याबिनेटमा राख्?नेगर्छ उसले । तर जेरीले नक्कल बनाउन भ्याएकी रहिनछ । अनि एउटा अंकुशे तार जस्तो लिएर ढोका खोल्न बल गरिरहेका रहेछन् - दुई जनाले अघिनै देखि। अब चाहिं अनिमेष ढुक्क भयो तर ढोका नखुलेर उत्पन्न समस्या ज्यूँ का त्यूँ थियो । आसन्न संकट एउटा समस्या हो कि अवसर हो भन्ने विचार अनायाश उसको दिमागमा आएपछि उसले एकछिन गम खायो र दुइजनाको कुरा ध्यानपुर्वक सुन्न थाल्यो । ) क्रमश: जेरी केहिवेर अघि मात्र कामबाट फर्केकी रहिछ। (वास्तवमा उ एउटा अस्पतालको रिसेप्सनमा काम गर्थी) । अनि लुगासुगा फुकालेर हातखुट्टा धुन पाइजामाको भरमा तल झरेकी, फर्कदा त ढोका खुल्दैन। सोंच्दै नसोचेको कुरा साँचो आफै लाग्न गयो। जेरी ढोकाको knob को चावी खोल्ने प्वालमा अंकुशे घुसाएर साँचो खोल्ने कोसिस गर्दै ?थिइ अनि जेनीले बेलाबेलामा खै म पनि प्रयाश गरुँ त भनेर उसलाई साथ दिइरहेकी थिइ। अनिमेषले चाँहि जेरीको शीरदेखि पैताला सम्म नजर दौडायो। हल्का सेतो रङ्गको caftan लगाएकी जेरीको नओवाइसकेको कपाल जिङिग्रिङ्ग फैलिएको थियो ।बाहिरी लुगाले छाती राम्ररी नछोपेकाले उसका सेतो भित्री पनि प्रष्ट रुपमा देखि?एको थियो। अनि पैताला नाङ्गै थिए। सपक्क मिलेको बदनमा वैंशले भरिएकी जेरीलाई देख्दा कुन पुरुषको लोभी आँखा लाग्दैन र भन्ने सोंच्दै अनिमेषले उसलाई एकटकले हेरिरह्यो। अनुहारमा बाह्र ठाउँमा मुजा परेकी चाउरी बुढी जेनीतर्फ भने उसले एकै निमेष दृष्टि फ्याँक्न भ्याएन। जेरीले खत्र्याकखुत्रुक गर्दै साँचो खोल्ने असम्भव प्रयाश गर्दैरही । नेपालको जस्तो साँचो भा त कब्जा सब्जा उप्काएर, ठाकठुक गरेर अनिमेषले नै खोलिदिने थियो। तर अव यस्तो सुरक्षित साँचो खोल्ने उपाय कि त चाबीलाई नै थाह छ कित सिकर्मीलाई मात्र। अर्को चाबी घरबेटीसंग थियो जो मोटरमा झण्डै एकघण्टा लगाएर मात्र त्यहाँसम्म आइपुग्न सक्थ्यो। केहि महिना अघि अनिमेषको ढोका पनि त्यसरीनै लाग्न पुग्दा उ फौरन घरमा आइपुगेको थियो। तर यसपाली चैं घरबेटी पनि होलीडेमा South Africa गएको मौका प-यो । धन्न उ त्यहि राती मात्र केपटाउनबाट फर्कदै थियो। जेहोस घरबेटी लंडन ओर्लेर हिथ्रोबाट सिधै त्यहाँ आइपुग्न पनि कम्तिमा भोली दिउसोको एक, दुइबजे सम्म त कुर्नैपर्थ्यो । त्यसैले जेरीका अगाडी साँचो खोल्ने कुनै उपाय नभएको कुरामा अनिमेष पक्का थियो। उसले जेरीका लागि कुन विकल्प ठीक होला त भनेर सोंच्न थाल्यो। अचानक निराश मुहारमा मन्द मुस्कान छर्दै जेरी हलवेको रेलिङ्गमा आडेस लगाइरहेको अनिमेष तिर फर्किइ र कुनै चमत्कारपूर्ण सहयोग पाउने आशामा उसलाई भनि Anii, come on help me out man. जेरीको निराशाजनक बोलीले जेनीलाई हँसायो तर अनिमेष एकाएक गम्भीर हुनपुग्यो। कसरी सहयोग गर्नु त अव। चाबी खोल्ने कुनै उपाय नास्ती, रातिको झण्डै एघार वज्न आँटीसक्यो । उसले भन्यो - 'हेर जेरी चाबी खोल्ने कुनै ताल म देख्दिन, अव तँ खुरुक्क जेनीको कोठामा गएर सुत। उसको कोठा ठूलो पनि छ। बरु ओछ्यान छैन भने मसंग extra ओढ्ने ओछ्याउने छ। त्यहि लगेर काम चलाउनु।' जेरी र अनिमेष दुवैले जेनीको मुखमा हेरे तर जेनी त केहि पनि वोल्दिन बा। अनिमेषले सोंच्यो ' हैन यो बुढीको कोठा त ठूलै छ। डबल बेड पनि छ। अनि छुट्टयाउने हो भने अलग अलग गरेर सुत्न पनि मिल्छ। ल आफ्नो ओछ्यान अरुलाई दिन्न भनौभने मैले मेरो extra दिन्छु भनेकै ?थिएँ।' अनिमेषले किन यो छुची बुढिले हुन्छ भन्दिन भनेर बिचार ग-यो । ' यो बुढिले जैलेनि यस्तै गर्छे। मैले ब्रोडब्याण्ड र केबल share गरौं न, दुवैले विल तिर्दा खर्च अलि कम भैहाल्छ भन्दा पनि त्यसको सम्पत्ति खाइदिन्छु झै ठानेर हुन्न भनि, ऐले एकरात एउटै घरमा बस्ने छोरी भन्न सुहाउने केटीलाई बास दे न त भन्दा पनि मुखमा ठेंडी लगाएर बस्छै है' मनमनै उसले जेनीलाई सत्तोसराप ग-यो। कतै एउटै कोठमा दुई आइमाइ मान्छे सुत्दा अरुले नराम्रो ठान्लान भनेर त होइन भन्ने विचार पनि अनिमेषको मनमा पलायो। तर यो त एउटा सहयोग गर्ने समय थियो। त्यति पर सम्म सोच्नुपर्ने कुरो त केहि थिएन। नेपालमा घरमा सत्य नारायणको पुजा सकिएको रात पाहुनाहरुसंग अटाइ नअटाइ भुइंमा लस्करै सुतेको दृश्य उसका सामु ताजा भए। मान्छेहरु संग पैसा फालाफाल भएपछि एउटै कोठामा एकरात सुत्नपनि गाह्रो हुँदोरैछ, अनिमेषको दिमागमा धेरैखालका तरङ्गहरु मडारिदै गए। उसले जेरीको फक्रिएको बैंशलाई चटक्क विर्सियो र केवल यो बुढिले त्यति कुरो मान्दिए थुपुक्क सुत्न जान्थे म त भन्ने सोचेर खुइए ग-यो, तर बुढि बोलिन । अचानक जेनीको कोठाको ढोका खुल्यो र एउटा बुढो खोक्दै बाहिर निस्कियो। त्यो उहि बुढो थियो जो सप्ताहन्तमा अनिमेषहरुको फ्ल्याटमा आएर जेनीसंग रात विताउने गर्थ्यो । 'ए कुरो त यस्तो पो रैछ।' बुढिले मुखमा बट्टा लगाएर बस्नुको कारण बल्ल बुझ्यो अनिमेषले । जेनीले आफ्नो अनुहार भुईंतिर फर्काइ, संगसंगै जेरी र अनुमेषका आँखा जुध्न पुगे। केहि दया, केहि आशा र केहि तृष्णाका भावमा जेरीका ठुल्ठूला आँखाले अनिमेषका आँखालाई सोधिरहेका थिए - 'अनि, मेरा लागि केहि उपाय गर न। म थकाइ मेट्न चाहन्छु, केवल आजको रातका लागि।' क्रमश:
Read Full Discussion Thread for this article