Posted by: Deep May 5, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
केही कामले गा भे पो काम सकाउने आउने भन्ने हुन्छ, यत्तिकै सनक छुटेर गा बाङ्गे भक्तपुर अब काँ जाने काँ नजाने. यता र उता भौंतारिदा भौंतारिदै हराएछ. अब भो कि? यसो उसो गर्यो जाँ बाट हिन्या तिं आईपुग्दो रे छ. जान खोज्या बस स्टप तिर. साँझ पर्न लाईसक्यो. सनकले नि छोड्ला छोड्ला जस्तो भै सकेसि त घर त आउनु पर्यो नी. बाङ्गेका सन्तान नेपालगञ्ज तिराट आका भे नि बाङ्गे आफुलाई खाँटि काठमाडौंको ठान्थ्यो. अब त्यस्तो लोकल काठमाडौंले भएसी "हराएँ गुहार लौ न घर पठाईदेओ मलाई" भन्ननी ईज्जतले दे न बाङ्गेलाई. बडा टेन्सनमा परेर रन्थन्नी रा बेला मा.. "ल, काँ बाट ह्याँ पो भेट भो भाई सँग" भन्ने भनाई सँगै एउटाले कुममा हात राखेछ बाङ्गेको. पुलुक्क हेर्या त उही भैरबाको धन बहादुर "बिबश" दाई. बाङ्गेलाई के भन्नि के भन्नि भै रा बेलाँ फेरी बिबशदाई बोलेछन, "म फोन गर्दा गर्दा हैरान..लाग्दै लाग्दैन". मन मन मा "मेरो घराँ त के खार लाग्थ्यो र नी तर काईं न काईं त लाग्नु पर्ने त्यो हावा नम्बर" बाङ्गे ले सोचेछ. फेरी सोचेछ, "राम्रै भो काईं नी नलाग्या मैले हावा नम्बर देको त था पाएन नी" तर भनेछ "दाईले अन्तै गर्नु भो होला फोन अनि." "यै हैन नम्बर?" एउटा झुत्रो कागज देखाउँदै सोधेछ बिबशले. दे को नम्बर त त्यै हो भए पनि नम्बर हेर्दै बाङ्गेले भनेछ "हे दाई पनि त्यो २ पछि त सात नि काँ चार लेख्या त?" "ए...त्यै त किन फोन लाग्दैन भन्छु म चैं" "अनि कता बाट त दाई आज ह्याँ?" बाङ्गेले हुर्याएछ प्रश्न.
Read Full Discussion Thread for this article