Posted by: Deep May 5, 2005
Login in to Rate this Post:
0
?
एक दिन बाङ्गे भैरवा पुगि गया तन मनको गरुँ हीत भनी
"सुन्दरी त्यहीं थिया पर्या शरणमा खुसि गराया पनि"
भन्या बिचार मनमै रह्या कोसिस गर्या धुनधान त्यै पनि
दु:खी तन मन ली फिर्यो हाँडीगाउँ धिक्कार पुरपुरो भनी.
बाङ्गे भैरहवा गा थ्यो एक ताका. दुई चार दिनलाई. त्यसको बाउको त्याँ सरुवा
भा बेलाँ. सुन्दरी एउटी सिनेमाकी हिरोनी जस्ती सँग तन मन जोडने आशामा. तर
बाङ्गेको भाग्गे नी उहि त हो बाङ्ग्या रे छ, देखेछ मात्रै धेरै भेटेनछ कोही पनि तर.
कोही नि भेटेनछ त नभनम्...भैरवा बहुमुखि क्यामपसमा
मानविकी संकाय तर्फ स्नातक पैलो बर्षमा अध्ययनरत कपिलबस्तु जिल्ला बाँणगंगा
गा.पं (हो गा.पं कै बेला) वडा नं ४ घर भै गोरुसिङ्गेमा रात्रि बसमा दुई चोटि ढुङ्गा
हानेको गलत अभियोगमा ढाड सोझ्याईमागेको बर्ष २४को हाल त्याँ रूपन्देही जिल्ला,
भैरहबा न. पं. वडा नं ८ मा डेरा ली
बस्ने तर दिन रात काठमाडौंको सपना देख्ने धन बहादुर थापा "बिबश" भन्ने लाई भेटेछ.
बिबशले "काठमाडौं आउँछु म कुनै दिन आको बेला घुमाईदिनु पर्छ है भाई" भन्दा
"भै हाल्छ नि दाई..त्यो नि अब भनिरन पर्छ र"
भनेछ र फोन नम्बर माग्दा घरको नम्बरको एउटा नम्बर उडार अर्को हावा नम्बर
हाल्देर दे छ बाङ्गेले बिबशलाई.
"किन नि?" भनेर सोध्दा हुँदी
"कल्लाई के को सुर कल्लाई के को सुर...एउटी
भेट्या भे नि त लौ भन्नु ... त्यो धनेलाई घुमाउने ठेक्का ल्या छ र मैले?" बाङ्गेले
झर्केर मनको भडास निकाल्यो.
त्यस्तै हो ट्याम जान के बेर....हेर्दा हेर्दै त्याँ सरसोतीथान पछिल्तिरबाट घाम धेरै चोटि
उदाए.
एक दिन बाङ्गेलाई के सनक चलेछ..बिज्ञापन सेबामा किस्न पाउरोटि र च्या
खाँदै नु....री....नु...री आजारे आजारे ओ मेरे दिलबर आजा सुनिरा बेलाँ
भक्तपुर साइटसिनलाई जान्छु भनेर हिन्देछ एक्लै मानौं उ नुरी हो अनि
भक्तपुर एउटी स्वप्न सुन्दरी....
...