Posted by: pundit May 2, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
सबै साथिहरुलाई कमेन्टको लागि धन्यबाद , जाँच सक्या वीकएन्ड यसो भजन किर्तनमा लाग्या नि , सरू लाई पनि भुल्ने गरि लाग्छु भन्या तर के लाग्थ्यो अझै छे मानसपटलमा ताजै ॥ भाग ६ **********" स्त्रीशस्य चरित: पुरूशस्य भाग्य दैवो नजानेति कुतो मनुष्य "************* विस्तारै मेरो प्रेम-कथा को अन्त्य देख्दै थिँए म, सरुको पाषाण हृदयको तारिफ गर्दै ।सरुले किन भेट्न नखोजेकि होलि । स्त्रीको चरित्र देवताले त बुझ्न गार्हो हुन्छ रे मैले कसरि सक्नु । एकदिन अस्पताल जाँदै थिए, मैले सरुको जस्तै आवाज सुने । तर ठम्याउन सकिन हो कि हैन भनेर । मैले आमालाई भने बुझ्नुन भनेर । " कति त्यस्कै नाम लि रा भन्या, जान दे अव " आमाले भन्नु भयो । मैले पनि हो कि हैन भनेर केहि बोलिन, पैला निर्क्यौल नै गर्छु भन्ठानि । मैले आशिषलाई फोन गरें । ऊ धरानमा पढ्थ्यो , अर्चनाको हितैषि थियो, उनिहरुको संबन्ध त्यति नजिक त थिएन तर सँगै पढ्ने भएकोले उनिहरू नजिकिएका थिए । आशिषले केहि बताएन पहिला त अर्चनाले वाचा गराएकि थिई रे मैले हत्ते हालेपछि बल्ल भन्यो । " सरिताको दुर्घटनामा हात भाँचिए को थियो, तर उनिलाई खासै चोटलागेको थिएन । उ पनि पोखराबाट सँगै आएकि थिइ तिमि सँग " म खुशि भएँ मेरो मुहारमा अर्कै चमक थियो । मानौ मैले नौलो जिवन पाँए । मेरो जिवनका आशाहरु पुनर्जिवित भए । मेरो प्रियसिलाई त मैले आलिङ्गनमा बाँधेर सकभर बचाउन खोजेको झलझलि याद आयो लाग्यो म सक्षम भएछु । तर फेरि किन त सरु टाढिएकि । म हैरान भएँ ।
Read Full Discussion Thread for this article