Posted by: Nepe May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
फेब्रुअरी १ को शाही-कदमको समर्थनमा डी. सी. र न्यूयोर्क मा केही पुराना राजावादीहरु, केही नवराजावादीहरु र केही आफु राजावादी नभएको तर बहुदलिय प्रजातन्त्रबाट मोहभंग भएको भन्ने शान्तिकामीहरुले गरेको ससाना प्रदर्शनलाई उनिहरुले "हजारौंले भाग लिएको विशाल पदर्शनहरु" भनेर नेपालको सरकारी संचारबाट प्रचार गराए । आजसम्म पनि नेपालबाट साथीसंगीहरु सोध्ने गर्छन्, के साच्चै अमेरिकाका सबै नेपालीहरु राजाको कदमको समर्थन गर्छन ? र यस्तो प्रश्न मलाई मात्र होईन मैले कुरा गर्न पाएका लगभग सबै अमेरिका-सहवासीहरुलाई नेपालका उनिहरुका आफन्तहरुले सोध्ने गर्दा रहेछन् । भनेसी प्रोपेगाण्डा कार्यमा अमेरिकाका राजावादीहरुले क्षणिक नै सही तर ठूलो उपलब्धी हासिल गरेछन् । प्रोपेगाण्डाको लागि सरकारी मात्र हैन गैरसरकारी माध्यम समेत प्रयोग गरे आयोजकहरुले । 'नेपाली टाईम्स' मा एकजना आयोजक महोदयले डी. सी. को प्रदर्शनलाई 'बहुसंख्यकहरुको प्रतिनिधित्व' (majority representation) भनेर दावी गरे । स्वतन्त्र माध्यमबाट गरिएका यस्ता पुटले 'राजमुकुट प्रति प्रतिबद्ध' सरकारी माध्यमहरुले गरेको प्रचारका अविश्वसनियतालाई कम गरे हुनन् । एनिवे, "के साच्चै अमेरिकाका सबै नेपालीहरु राजाको कदमको समर्थन गर्छन ?" भन्ने नेपालका आफन्त संगीसाथीहरुको प्रश्नको उत्तर दिंदा दिंदा हैरान हुनु भएका प्रजातन्त्रप्रेमी साथीहरु डी. सी. को नजिक हुनुहुन्छ भने यही Sunday, May 15, 2005 का दिन White House अगाडि हुने Pro-Democracy Rally मा पाल्नुहोला । नेपे जरुर उपस्थित हुनेछ त्यहाँ तपाईहरुसंग न्यानो अभिवादन साटासाट गर्न ।
Read Full Discussion Thread for this article