Posted by: Deep May 2, 2005
Evolution of nicknames in Sajha
Login in to Rate this Post:     0       ?        
राम राम राम, मेरो नाम त यहाँ गाँठे निष्ठुरी मायालुको याद झैं जता ततै रे छ. साझामा मेरो अस्तित्व मरभुमिमा बालुवाको एक कण बराबर भएको मैले ठानेको छु. म शायदै कोहि भन्दा अगाडी छु यहाँ बरू मेरा अघि धेरै छन, म त सह-साझाबादीहरुसँग सँगै रमाउँदै बहँदै छु. मेरा अग्रजहरु सँगै मलाई नराखीदिम. हरेक साझा भ्रमणमा म केहि सिकिरहेको हुन्छु. मेरो लेखाई प्रति सदभाव राखने मित्रहरू प्रति आभारी छु तर स्मरण रहोस म केवल एउटा बिद्यार्थि हुँ साझामा. मार्गदर्शनको अनुरोध समाहित छ यहाँ, नबिर्सिम है.
Read Full Discussion Thread for this article