Posted by: Poonte May 2, 2005
Age Limit
Login in to Rate this Post:     0       ?        
::::::::::::::::::::बृद्ध साझाईते हराएको सुचना:::::::::::::::::::: ६५ बर्षिया :::नेपाली बुढो::: नाम भएका एक (तनले बृद्ध, तर मनले औधि छिल्ल्या तन्नेरी) नौलो साझाईते गत अप्रिल १८ र २० तारीख, तद्अनुसार नेपाली मिती थाहा भएन, साझा चौतारीमा टुप्लुक्क देखा परि मिलिक्कै बिलाएका छन्। भेट्टाउनु हुने महानुभावले बुढोको गर्धनमा गलहत्ति लाएर नजिकैको साझा प्रहरी विटमा पुर्?याईदिन हुन बिनम्र अनुरोध गर्दछौं। पुरस्कार: बुढोको धाडमा बसेर साझा चौतारीमा ३ फन्को ::घोडा:: चढ्न पाईने! उपरोक्त छिल्ल्या बृद्ध साझाईतेका अन्य शारिरीक बिवरण निम्न बमोजिमका छन्: १.कालो ईष्टकोट नाङ्गो च्याँसे छाती देखिने गरी गन्जी बिनै लगाएको। २.शुरुमा सेतो, तर अहिले मैलोले कलेट्टी परेर प्याँलो-प्याँलो-कालो भएको लङ्गौटी बेरेको। ३.पोहोर साल उनका ठाईँलो ज्वाईंले लाहुरबाट छुट्टीमा भेट्न आउँदा ल्याईदिएको हात्ती छाप हवाई चप्पलका जोडीलाई नाईलनको डोरीले बाँधी गर्धनमा झुन्डाएको। ४.उनै ज्वाईंले सोहि बखत दिएका एक जोड मोजा हातमा लगाएको। ५.राईंली छोरीले भारतबाट पठाईदिएकी ::डोरा जाङ्गीयाँ:: ले खडेरी लाएर सिनित्तै पर्?या खप्पर छोपेको। उक्त कट्टुमा दुई ठाउँमा भ्वाङ् पनि परेको। ६.बल्डेङ्ग्रे आँखा माथी सिसै नभाऽको चस्मा लाएको। ७.कान र ढ्याब्रे नाकमा रौं ले झाडी नै बनाएको। सो झाडीमा १-२ वटा जुम्रा नि भेटीन सक्छ। ८.३२ दन्तमा चारैवटा बुद्धि बँगरा कहिल्यै नि नपलाएको। बाँकि २८ मा २६ दन्त झरि सकेको। रहेको दुईटा खराये दन्त नि आजै-भोलि झर्न झर्नऽऽऽ खोजेको। ९.बुढेसकाल ले कुप्रिएको ज्यान तरुणीको ::त:: सुन्ने बित्तिकै तन्केर ठाडो हुने। कुप्रँदा ४ फीट्, तन्कँदा मुश्किलले साँढे चार फीट उँचाई।
Read Full Discussion Thread for this article